महिलाहरुका लागि बुटवलमा जुत्ताचप्पल बनाउने तालिम सञ्चालन

विष्णु घिमिरे

बुटवल, जेठ १९ गते । आमा मिलन केन्द्र बुटबल उपमहानगरपालिका वडा न २ ले तीन दिने जुत्ता, चप्पल बनाउने सीपमूलक तालिम सञ्चालन गरेको छ ।
तीन दिनसम्म चल्ने उक्त सीमूलक तालिमको शुक्रबार शुभारम्भ भएको छ । बुटबल उपमहानगरपालिका बडा न २ का वडा अध्यक्ष सुनिल शाक्यले उक्त कार्यक्रमको सुभारम्भ गरेका हुन् ।
प्रमुख अतिथि रहेका वडा अध्यक्ष सुनिल शाक्यले उक्त कार्यक्रममा बोल्दै स्वदेश मै रोजगारीको सिजर्ना गर्ने गरी महिला दिदी बहिनिलाई रोजगारको बताबरण निमाणर््ा होस् भन्ने उद्वेश्यले तालिमको आयोजना गरिएको बताए ।
तालिममा सिकेका सीपलाई व्यवहारमा उतारेर आत्मर्निभर बन्न आग्रह गर्दै वडाध्यक्ष शाक्यले भने – दिदी बहिनीहरुले बनाएका जुत्ता,चप्पल विक्रीका लागि बजारको खोजी गरिने छ ।
आमा मिलन समुहका अध्यक्ष सावित्रा पन्थीले स्वदेशमा सीप सिकेर रोजगारी बन्नका लागि आफैले मेहनत गर्नुपर्ने बताए ।
कार्यक्रममा बडा न २ का बडा सदस्य गंगा घिमिरे,बडा सदस्य कुमारीदेवी दर्नाल,वडा सचिब उषा ढुंगाना, नारायणी पाटा लगायतले बोल्दै सीपले मानिसालाई आत्मनिर्भर बनाउनेमा जोड दिए ।
संस्थाकी अध्यक्ष सावीत्रा पन्थीको अध्यक्षता र सचिव रञ्जीता जोशीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
दिनसम्म चल्ने तालिमा २८ जना महिलाहरुको सहभागिता रहेको छ ।