नेपाल अटो मेकानिक्सहरुको अवलोकन भ्रमण

विष्णु घिमिरे
बुटवल, जेठ २१ गते । नेपाल अटो मेकानिक्स टेड्र मोटर साइकल कमिटि बुटबलले दुई दिने अबलोकन भ्रमण गरेको छ ।
नेपाल अटो मेकानिक्स टेड्र मोटर साइकल कमिटि बुटबल उपमहानगरपालिका अध्यक्ष कृष्ण घिमिरे आन्तरिक पर्याटन प्रबद्धन गर्ने उेद्देश्यले पाल्पाको रानीमहल ,स्याङजा पर्बत जोड्ने सेतिबनीलगायतका क्षेत्रमा अबलोक गरिएको बताए ।

मेकानिक्सहरु सधै काममा मात्र नभएर बर्षमा एक पटक बाहिरी बाताबरणको पनि अबलोक गराउनु पर्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्षले जानकारी गराए ।
ट्रेड युनियनको पूर्ण र्बोड बैठक पनि रानीमहलमा भएको हो ।

आगामी दिनमा दैनिक रुपमा वाईकहरु धेरै दुर्घटना हुदै गएकाले बुटबलमा यात्रा गरिरहेका चालकहरुलाई प्रशिक्षणका कार्यक्रमहरु निरन्तर चलाउने संस्थाको योजना रहेको अध्यक्ष घिमिरेले बताए । अबलोकन भ्रमणमा २० जना मेकानिक्लको सहभागिता रहेको थियो