रुपन्देही तिलोत्तमाको नीति तथा कार्यक्रम पारित

बुटवल, असार ९ गते । रुपन्देही तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष ०८०÷०८१ को नीति तथा कार्यक्रम सर्वसम्वत पारित भएको छ । शनिबार दोश्रो नगरसभाको तेश्रो अधिवेशनमा नगर प्रमुख रामकृष्ण खंँणले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम नगर सभाले पारित गरेको हो ।

नीति तथा कार्यक्रम पारित भएसंगै अबवजेट ल्याउका लागि वाटो खुलेको छ । नीति तथा कार्यक्रमको लक्ष्य “समृद्ध नगर खुशी नगरबासी “ रहेको छ ।चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा टेकेर नगरको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका उद्धेश्य, लक्ष्य, रणनीति र कार्यनीति सहितको स्पष्ट विकासको खाका निर्धारण गरिएको नगर प्रमुख खांणले बताए । आर्थिक बिकास अन्तर्गत कृषि, पशु, रोजगारी, पर्यटनतर्फ खेतवारीमा उत्पादन हातहातमा अनुदानको नीति अपनाइएको नगरप्रमुख खाणंले बताए ।

नगरपालिकामा एक भूमि बैंक स्थापना गरिनेछ जहाँ सार्वजनिक तथा नदी उकास जग्गाको लगत संकलन गरि उक्त जग्गामा बैदेशिक रोजगारीबाट फर्किएका यूवा, स्थानीय यूवा, आमा समूह, यूवा क्लब, सामुदायिक संघ संस्थाहरुलाई तुलनात्मक लाभ बढी हुने किसिमका फलफूल तरकारी खेति तथा अन्य कृषिजन्य उत्पादनका लागि प्रोत्साहन गरिने नीति तथा कार्यक्रमम उल्लेख गरिएको छ ।

पशु सेवालाई प्रभावकारी रुपमा सम्पादन गरि पशुपंक्षीहरुको आकस्मिक उद्दार तथा उपचार सेवा प्रदान गर्नको लागि विशेषज्ञ पशु चिकित्सक सहितको “भेट एम्बुलेन्स” सेवा संचालन गरिने नीति तथा कार्यक्रममा छ ।

देशब्यापी रुपमा पशुहरुमा देखा परेको खतरनाक “लम्पी स्किन” रोग बिरुद्धको खोप नगरक्षेत्रभित्र रहेका सम्पूर्ण गाईहरुमा निःशुल्क उपलब्ध गराउने नगर प्रमुख खाँणले बताए ।
उज्यालो तिलोत्तमा अभियान अन्तर्गत १७ वटै वडाका प्रमुख रणनैतिक स्थानहरुमा मिनी –मास्ट बत्ती जडान गरिनेछ सिंचाइमा लगानी, खेतबारीमा पानी” अभियान अन्तर्गत नगर क्षेत्रभित्र संचालित सोह, छत्तिस सिंचाइ प्रणाली लगायतका सामुदायिक सिंचाई प्रणालीहरुको मर्मत, सुधार तथा सवलिकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।