एमाले युवा संघले मनायो धान दिवस

बुटवल, असार १५ गते । एमाले निकट युवा संघले राष्ट्रिय धान दिवस मनाएको छ । राष्ट्रिय धान दिवसको अवसरमा युवासंघ रुपन्देहीले शुक्रबार सुद्धोधनमा रोपाई कार्यक्रम हो ।

नेकपा एमाले केन्द्रीय सदस्य गोमा आचार्यले रोपाई कार्यकम उद्घाटन गर्दै युवाहरुलाई उत्पादसंग जोड्नुपर्ने बताइन । कृषिलाई व्यवसायिकरण र विशिष्टीकरणमा जोड दिंदै आचार्यले कृषिको बजारिकरण तथा कृषि उपकरण राज्यलाई व्यवस्था गर्न आग्रह गरिन । बांझो जमिनलाई कृषि उत्पादन गरी उत्पादन वृद्विका लागि प्रयाप्त मल, उपयुक्त विषादी, सिंचाई, प्रविधि र बजारिकरणमा राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा एमाले नेता तथा लुम्बिनी प्रदेस सभा सदस्य तुल्सी चौधरी, एमाले रुपन्देही सहसचिव चित्रबहादुर केसी, राष्ट्रिय युवा संघ नेपालका युवा विज्ञ परिषदका उपप्रमुख दिनानाथ भट्टराई, राष्ट्रिय युवासंघ केन्द्रीय सदस्य बुद्धी थापा, कल्पना पाडे मगर, श्रद्धा कुवर, रुपन्देही इन्चार्ज नशकुल शाही, जिल्ला अध्यक्ष बिकास बस्नेत लगायतले बोल्दै युवालाई अब कृषि र उत्पादनसंग जोड्नु पर्नेमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा स्वागत गर्दै राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य किरण नेपालले कृषिलाई निर्वाहमुखी नभई व्यवसायिक उत्पादनमा लाग्नु पर्नेमा जोड दिए ।

राष्ट्रिय युवा संघ नेपाल रुपन्देही सचिवालय सदस्य एवं कृषि विभाग प्रमुख समीर बस्नेतको अध्यक्षता, राष्ट्रिय युवा संघ नेपाल शुद्धोधन अध्यक्ष विशाल रानाको सञ्चालनमा कार्यक्रम भएको थियो ।
असारे गीतसहित बीउ बोकेर हिलो खेतमा पुगेका युवाहरुले सुद्धोधन ३ सखवानीमा रोपाई गरेका थिए ।