तीनाउको बाढीले आसपासको क्षेत्र जोखिममा, सतर्कता रहन आग्रह

बुटवल, असार १६ गते । लामो समयपछि शुक्रबार रातीदेखि परेको पानीले बुटवलको तीनाउ नदी बढेको छ । नदीमा आएको बाढीले नदीको सतह पारगरेपछि नदी आसपासको वस्ती जोखिममा परेको छ ।

नदीमा आएको बाढीले अहिले जलमग्न भएको छ । तिनाउ नदीको माथिल्लो जलाधार क्षेत्रमा थप वर्षा भइरहेकाले नदी तटीय क्षेत्रमा बस्ने स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको छ ।

बाढी मापदन केन्द्र बुटवलले सुचना जारी गरी तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भई तटिय क्षेत्रमा बाढीको जोखिम बढेको बताएको छ । बाढीबाट सर्तक रहन बाढी मापन केन्द्र बुटवलले आग्रह गरेको छ ।

लामो समयपछि आएको मनसुन यतिबेला देशका विभिन्न स्थानमा भारी वर्षा हुँदै आएको छ । जसका कारण पहाडमा पहिरो र तराईमा डुबानको खतरा बढ्दै गएको छ ।