सुन प्रकरणको आरोपमा बुटवलका बालाजी र लक्ष्मीपती सुनचांदी पसल सिल

बुटवल, असार १८ गते । सुन प्रकरणमा संलग्नता रहेको आरोपमा बुटवलको अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपती सुनचाँदी पसल सिल गरिएको हो ।
रुपन्देहीको कालिदह नाका हुँदै भारतर्फ लैजादै गर्दा बरामद भएको साढे २ केजी सुन प्रकरणबारे प्रारम्भिक अनुसन्धानका क्रममा बालाजी सुनचाँदी पसल र लक्ष्मीपती सुनचाँदी पसलको उक्त सुन प्रकरणमा संलग्नता देखिएको हो ।

गत असार १० गते लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदह नाका हुँदै नेपालबाट भारततर्फ लैजादै गर्दा सशस्त्र प्रहरीले झण्डै साढे २ केजी सुन बरामद गरेको थियो ।
सुन बरामद गर्दा पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा बुटवलको अमरपथमा रहेको बालाजी र लक्ष्मीपती सुनचाँदी पसलका सञ्चालकको संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भैरहवा भन्सार कार्यालयले बताएको छ ।

बालाजी र लक्ष्मीपती सुनचाँदी पसल गरी अनुसन्धान भइरहेको र विस्तृत विवरण भने खुलाउन नमिल्ने भन्सार कार्यालयका प्रमुख मनिराम अर्यालले नयां दिशलाइ बताएका छन् ।

सुनसहित पक्राउ परेका दाङको घोराही उपमहानगरपालिका १० का हुमानन्द गिरीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।
सुनसहित पक्राउ परेका हुमानन्द गिरीबाट बालाजी सुनचाँदी पसल र लक्ष्मीपती सुनचाँदी पसलको संलग्ता रहेको बताईएको छ ।