अर्घाखांचीमा पहिरोले पुरेर तीन जनाको मृत्यु

अर्घाखांची, असार १९ गते । पहिराले घर पुर्दा अर्घाखाँचीमा तीन जनाको मृत्यु भएको छ । जिल्लाको पाणिनी गाउंपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखांचीले जनाएको छ । आज बिहान करिब ५ बजेतिर स्थानीय गंगा रास्कोटीको घर पहिरोले पुरेको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी गराएका छन् ।

घटनास्थलबाट तीन वटा शव निकालिएको छ । घटनाको नेपाल प्रहरी,सेना, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्दार गरिरहेका छन । यता प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जिल्लाभर नै पानी परेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

जिल्लामा भारी बर्षा भएको र कही प्राकृतिक विपत्ति परेमा तत्काल नजिकैको प्रहरी,स्थानीय सरकार र प्रशासन कार्यालयमा खवर गर्न प्रमुख जिल्ला अधिकारीले अनुरोध गरेका छन् ।