नवलपरासी बर्दघाटको आशिष फोटो स्टुडियोमा आगो लागि, ३७ लाख बढीको क्षती

बुटवल, असार २० गते । नवलपरासीको बर्दघाट बजारमा ग्यांस लिक भएर आगोलागि हुंदा ३७ लाख बढीको क्षती भएको छ । चारवटा पसलमा भएको आगलागीबाट ३७ लाख ५ हजार बराबरका सरसामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी तथा डिएसपी भोजराज पाण्डेले जानकारी दिएका छन् ।

स्थानीय बमबहादुर थापाको घरको सटरमा सञ्चालित आशिष फोटो स्टुडियोबाट आगोलागि भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार आशिष फोटो स्टुडियो भित्र खाजा बनाउने क्रममा मंगलबार दिउंसो सिलिन्डरबाट ग्यांस लिक भई आगो लागि भएको हो ।

आगलागीबाट आशिष फोटो स्टुडियो पूर्णरूपमा क्षति भएको छ । आगो निभाउनेक्रममा फोटो स्टुडियोका सञ्चालक आशिष चौधरी सामान्य घाइते भएका छन् ।
त्यसैगरी आगलागीबाट पर्बत युनिक फेन्सी, रबिन फार्मेसी र जे.के. सैलुनमा आंशिक क्षति भएको डिएसपी पाण्डेले जानकारी गिराएका छन् ।

दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।स्थानीय बमबहादुर थापाको दुइ तले घरको सटरमा लिएर आशिष चौधरी
आशिष फोटो स्टुडियो सञ्चालन गरेका थिए ।