पेट्रोलियम पदार्थको मुल्य घटेपछि सार्वजनिक सवारीको भाडा घट्यो

बुटवल, साउन १ गते । पेट्रोलियम पदार्थको मुल्य घटेपछि सार्वजनिक सवारीको भाडा घटेको छ । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको हो । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएसंगै यातायात ब्यवस्था विभागले पनि भाडा घटाउने निर्णय गरेको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । त्यसैलाई आधार बनाएर यातायात ब्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको हो ।

मालबहाक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको यातायात ब्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराइले जानकारी गराएका छन् ।
महानिर्देशक नारायणप्रसाद भट्टराइका अनुसार ‘घटाएको भाडादर आज सोमबारदेखि नै लागु हुनेछ ।

अनुगमण यातायता ब्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ ।