कपिलवस्तुमा बुद्धमुर्ति बनाउन काठमाण्डौमा छलफल

बुटवल, साउन ३ गते । कपिलवस्तुमा बुद्धमुर्ति बनाउन काठमाण्डौमा छलफल गरिएको छ । कपिलवस्तुमा अन्तराष्ट्रिय बुद्धिष्ट सेन्टरको आयोजनामा गौतम बुद्धले २९ बर्ष विताएको कपिलवस्तु नगरपालिकामा संसारकै अग्लो बुद्धमुर्ति बनाउने गरी काठमाण्डौमा छलफल भएको हो ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको सेन्टरले नयां बानेश्वरमा गरेको छलफलमा मलेशिया स्टेवर्ड छुगले बुद्धमुर्ति पार्क संग्रालयसहित तयार गुरुयोजनाको प्रारम्भीक अवधारणा प्रस्तुत गरेका थिए ।
नेपालको तर्फबाट जग्गा प्राप्तीको प्रक्रिया समयमा टुंगिएमा कपिलवस्तुको बाणगंगा नदी किनारमा आगामी ७ बर्षमा २४५ मिटर अग्लो बुद्धमुर्ति सहितको पार्क बन्ने कार्ययोजना तय गरिएको स्टेवर्डले बताए । बुद्धले २९ बर्ष बिताएको कपिलबस्तुमा संसारकै अग्लो बुद्धमूर्ती निर्माणले विश्वमा नयां किर्तीमान कायम गर्ने पूर्वप्रधानमन्त्री माधव नेपालले बताए । उनले यो सम्पन्न गर्न सकिएमा नेपाल सगरमाथाले मात्र हैन बुद्धको संसारकै अग्लो बुद्धमुर्तिले पनि चिनिने बताए । कार्यक्रम चिनिया मास्टर से डे युन को उपस्थिती थियो ।

उनले उक्त परियोजनाका लागि श्रोत जुटाउन कठिन नहुने धारणा राखेका थिए । कार्यक्रममा अवधारणाले डिटेल डिजाइन गर्न बुद्धिष्ट सेन्टर, वाइअप कम्पनि मलेशीया र टिआईडिए कन्सटक्सन चाइना विच कार्यसंझौता पनि गरिएको छ ।

कार्यक्रममा कपिलवस्तुका प्रदेससभा सदस्य तथा पूर्व मन्त्री बिष्णु पन्थी, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेस कुमार त्रिपाठी, कोषाध्यक्ष सिद्धिचरण भटराई, योजना प्रमुख सरोज भटराई, कपिलवस्तु नगरप्रमुख सुदीप पौडेल लगायतको उपस्थिती रहेको सेन्टरका सचिव मोहन गौतमले जानकारी गराए ।