देश झनै पश्चागमन

श्रीराम पोखरेल
सर्वहाराको नामसवै तिर आफैू खाम ।
शिक्षा,स्वास्थ्य ,न्याय जहाँ(तहीँ,भागै भाग ।
निमुखा जनतालाई सवै ठाउँ मारै मार ।

गरी खानेको भन्दा गफ लगाएर खानेको सान ठूलो ।
योग्य र इमान्दारको भन्दा ठग र वेइमानको मान ठूलो ।
ठूलोलाई मोजै मोज गरीबलाई बोझै बोझ ।
धर्म निरपेक्ष भन्ने धर्म छाड्दै जाने ।

संघीयता भन्ने आफ्ना मान्छे पाल्ने ।
शिक्षित र योग्यलाई विदेशका ढोका खुल्ला ।
पार्टीका झोलेहरु खान मै रनभुल्ल ।
भाषण सधै अग्रगमनको ।

देश झन झनै पश्चागमन भो ।