मनाईयो बिपीको ४१ औं स्मृति दिवस

बुटवल, साउन ६ गते । नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोईरालाको ४१ औंं स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । नेपाली का“ग्रेस र कांग्रेस निकट संघसंस्थाले विभिन्न कार्यक्रम गरी वीपीको स्मृति दिवस मनाएका हुन् ।

रुपन्देहीको बुटवलमा स्वर्गीय वीपी कोईरालाको शालिकमा माल्यार्पण गरी ४१ औं स्मृति दिवश मनाईएको छ । स्मृति दिवशमा नेपाली कांग्रेस सम्बद्ध नेता कार्यकर्ताले वीपीप्रती श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
संविधानले वीपी कोइरालाले देखाएको समाजवादको दिशा लिएको कांगे्रसका नेताहरुको दाबी छ । बिपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस रुपन्देहीले बृक्षरोपण गरेको छ ।
नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा तिलोत्तमा नगरपालिकाको सुखौरा हरियाली सामुदायिक वनमा वृक्षरोपण गरिएको छ ।

वृक्षरोपण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले कांग्रेस कमजोर हुंदा देशको भविश्य पनि अन्यौल देखिएको बताए । देशमा जति नयां पार्र्टी आएपनि देश बनाउने मामिलामा कांग्रेस जस्तो अब्बल र सक्षम कोही पनि नेता नभएको उननले दावी गरे ।
सार्वजनिक लेखा समितिका पूर्व सभापति तथा पूर्वराज्यमन्त्री भरतकुमार शाहले गुट उपगुटका नाममा पार्र्टी कमजोर हुंदै गएको बताउदै पार्र्टीलाई बलियो बनाउन गुट उपगुटको अन्त्य हुनुपर्ने बताए ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले नेपाली कांग्रेस बलियो हुंदा मुलुकको लोकतन्त्र र संविधान बलियो हुने बताए । र्र्टीका नेता कार्यकर्ता र आम नागरिकको भविश्यका लागि गुट उपगुट त्यागेर पार्र्टी बनाउन सबै लाग्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका पूर्व सभापति रामचद्र ढकाल, लुम्बिनी प्रदेश सदस्य तथा महासमिति सदस्य बालकुमारी भण्डारी, तेजबहादुर कुवंर जिल्ला सचिव परमानन्द भट्टराई, हरिप्रसाद काफ्ले लगायतले बोल्दै बिपीले अगाडी सारेको प्रजातान्त्रिक समाजवादको बाटोबाट देशलाई अगाडी बढाउनु पर्नेमा जोड दिएका थिए ।