महासंघ रुपन्देहीको निर्णय सच्चाउन प्रगतिशील पत्रकार संघको माग

        बुटवल, साउन १० गते । प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीमा सदस्यता वितरणमा राजनीतिक पूर्वाग्रही देखिएको बताएको छ ।
बुधबार प्रगतिशील पत्रकार संघ रुपन्देहीले पत्रकार महासंघले नयां सदस्य दिन गरेको निर्णय पूर्वाग्राही भएको भन्दै ज्ञापन पत्र बुझाएको छ । प्रतिशील पत्रकार संघ रुपन्देहीका सचिवको नेतृत्वको टोलिले पत्रकार महासंघ रुपन्देहीलाई निर्णय सच्चाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

प्रगतिशील पत्रकार संघ रुपन्देहकिा सचिव टेकराज भुसालले महासंघ, रुपन्देहीलाई बुझाएको ज्ञापन पत्र महासंघ लुम्बिनी प्रदेश र केन्द्रलाई पनि मेल मार्फत पठाईएको जानकारी गराए । महासंघले राजनीतिक पूर्वाग्रही राखी नयां सदस्यता वितरण गरेको प्रगतिशील पत्रकार संघ रुपन्देहीले बताएको छ ।
महासंघको उक्त विभेदपूर्ण निर्णर्य सच्चाएर नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गर्न बन्चित भएका वास्तविक पत्रकारलाई सदस्य प्रदान गर्न र गैर पत्रकारहरुको नाम सिफारिस नगर्न आग्रह गरिएको छ ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको बैठकले ३२ जनालाई नयां सदस्यता दिने निर्णय गरेको छ । महासंघले गरेको उक्त निर्णयमा कतिपय मापदण्ड भित्र पर्नेलाई पनि राजनीतिक पूर्वाग्रही राखी सदस्यता नदिएको र कतिपय मापदण्ड भन्दा बाहिरका व्यक्तिलाई सदस्यता दिएको भन्दै उक्त निर्णय सच्चाएर वास्तविक पत्रकारलाई सदस्यता दिनुपर्ने प्रगतिशील पत्रकार संघ रुपन्देहीको माग छ ।

सचिव भुसालले संगठनले पत्रकार महासंघको गरिमालाई थप उचो बनाउन र श्रमजीवि पत्रकारहरुको पक्षमा निरन्तर वकालत गरी पछिल्लो समयमा पत्रकार महासंघले चलाएको सदस्यता शुद्विकरण अभियानमा साथ रहेको बताएका छन् ।