राजमोबाट राजीनामा भन्ने समाचार गलत, मिडियाले चरित्रहत्या गर्न पाईदैन

बुटवल, साउन ११ गते । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष राजेन्द्र ढुङ्गानाले राजमो बाग्लुङको अध्यक्षबाट राजीनामा दिएको भन्ने समाचारमा कुनै सत्यता नभएको बताएका छन् । यही २०८० साउन १० गते कञ्चन अनलाइनमा आएको समाचार समाचार समाचार नभइ पित पत्रकारिता भएको नेता ढुंगनाले बताएका छन् ।
कतिपय मिडियामा राजमोको केन्द्रीय सदस्य, बागलुङ जिल्ला अध्यक्ष र नेकपा (मसाल) बाटै राजीनामा दिएकोसमेत समाचारप्रति मेरो गम्भीर ध्यान गएको उक्त समाचार असत्य भएको बुझ्न आग्रह गर्दै ढुगंनाले उक्त समाचारको खण्डन गरेका छन् ।

बुटवलमा नयांदिशासंग कुरा गर्दै युवा नेता ढुंगनाले भने –‘मैले राष्ट्रिय जनमोर्चा छोडेको समाचारमा सत्यता छैन । असत्य र भ्रामक समाचारप्रति मलाई दुख् लागेको । विषयवस्तुलाई ठिकसँग नबुझेर वा तथ्यहीन ढङ्गले समाचारको नाममा परिकल्पना लेख्ने कतिपय मिडियाको ढुंगनाले आलोचना गर्र्दै कसैको चरित्रहत्या हुने गरी समाचार नलेख्न आग्रहसमेत गरेका छन् ।

‘म जबसम्म सही विचारको पक्षमा अडिग छु, तबसम्म कसैले गर्ने चरित्रहत्याको प्रयासले मेरो चरित्रहत्या हुदैन उनले भने । आफूसम्बन्धी समाचार प्रकाशन गर्ने मिडियाले भूमिगत पार्टीसित जोडेर अनर्गल विषय छापेकोमा पनि उहाँले असन्तुष्टि व्यक्त गरे ।