क्युवाली जनताको संघर्षप्रति विश्व ट्रेड युनियन महासंघको एक्येवद्दता

बुटवल, साउन १३ गते । बिश्वभरका समाजबादी बिचारधारा पक्षधर श्रमिक मजदुर बर्गको बर्गिय हितको लागि निरन्त्तर संघर्षरत श्रमिक बर्गको आस्थाको केन्द्र हो बिश्व ट्रेड युनियन महासंघ । बिश्व ट्रेड युनियन महासंघले संसारभरका तागतसंग संसारभरका समाजबादी बिचारधारा पक्षधर श्रमिक मजदुर संगठनहरुलाइ क्युवालि जनताले आफ्नो लोकतान्त्रि हक र राजनैतिक स्वतन्त्रताका लागि बिगत लामो समयदेखि न्यायपूर्ण संघर्ष गरिरहेका छन् ।

क्युवाली जनताले गरेको बिरतापूर्ण संघर्षलाइ अमेरिकि साम्राज्यबाद र उसका पक्षपोषक साम्राज्यबादीहरुले निर्ममतापूर्वक दमन धरपकड हस्तक्षेप गरिरहेका छन् । न्यायपूर्ण संघर्षमा रहेका क्युवाली जनतालाइ ब्यापकरुपमा धरपकड गरिरहेको छ । जेल र यातना दिएर सताइरहेको छ । त्यसका बिरुद्धको क्युवाली जनताको क्रान्तिकारी जुझारु संघर्षप्रति क्रान्तिकारी एक्येबद्धता प्रकट गर्दछ बिश्व ट्रेड युनियन महासंघले ।

बिश्व ट्रेड युनियन महासंघ समन्बय समिति नेपालका अध्यक्ष पे्रमकुमार खानल र महासचिव लोकराज भुसालले विज्ञप्ती जारी गरी क्यवाली जनताको संघर्षप्रति एक्येवद्दता जनाएका छन् ।
क्युवाली जनताको क्रान्तिकारी जुझारु संघर्षप्रति क्रान्तिकारी एक्येबद्धता प्रकट २६ जुलाइ २०२३ का दिन संसारभरका बिश्व ट्रेड युनियन महासंघमा आबद्ध श्रमिक संगठनहरुले एक्येबद्धता प्रकट गरेका छन् ।

सो सम्बन्धमा हामी नेपालमा कृयासिल रहेका बिश्व ट्रेड युनियन महासंघसंग आबद्ध राष्ट्रि यस्तरका ट्रेड युनियन महासंघहरुको साझा संजाल ट्रेड युनियन महासंघ यससंग आबद्ध नेपालका लाखौं श्रमिक मजदुर बर्गको तर्फबाट क्युवाली जनताको न्यायपूर्ण क्रान्तिकारी संघर्षप्रति एक्येबद्धता प्रकट गरिएको छ ।
महान क्युवाली जनताको न्यायपूर्ण आन्दोलनलाई अमेरिकी साम्राज्यबादिहरुबाट गरिएको बर्बरतापूर्ण दमन ज्यादती र हस्तक्षेपप्रति गहिरो दुखका साथ खेद प्रकटसमेत गरिएको छ ।
न्यायपूर्ण संघर्षको पक्षमा एक्येबद्धता
क्युबाली जनताको न्यायपूर्ण आन्दोलन सफल होस् ।
क्युबाली जनताको न्यायपूर्ण जुझारु संघर्ष प्रतिको एक्येबद्धता जिन्दाबाद ।
क्युवामाथिको अमेरिकिसाम्राज्यबादी हस्तक्षेप बन्द गर ।
बिश्वट्रेड युनियनमहासंघ जिन्दाबाद ।
सम्पूर्ण क्यवाली राजबन्दिहरुलाई विनासर्त रिहाइ गर ।