झिमरुको गाडीले मोटर साइकललाई ठक्कर दिंदा दुइ जना घाइते

दाङ, साउन १४ गते । प्यूठान झिमरूक गाउँपालिकाको बा २ झ ४५४६ नम्बरको गाडीले दाङको देउखुरीमा रा ३ प ५५९८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुईजना घाईते भएका छन् ।
लमही नगरपालिका वडा नम्बर ७ वनगै जँगलमा आज साढे ५ बजे गाडीले मोटरसाईकललाई ठक्कर दिएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सरकारी नम्बर प्लेटको बा २ झ ४५४६ नम्बरको महिन्द्रा पिकअप गाडीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा ३ प ५५९८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा २ जना गम्भीर घाइते भएका हुन् ।

घाईते हुनेमा लमही नगरपालिका वडा नम्बर ९ तेलिया निवासी वर्ष ५२ का भिम बहादुर कुमाल र सोही ठाउँ निवासी वर्ष ३३ का अमृत राजकोटी रहेका छन् । कुमालको खुट्टा र टाउकोमा गहिरो चोट छ भने राजकोटीको पनि खुट्टामा चोट लागेको दाङ प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ । मोटरसाइकललाई ठक्कर दिएको गाडी प्यूठान झिमरुक गाउंपालिकाको भएको र चालक फरार रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शँकर श्रेष्ठले जानकारी गराए ।