बुटवलमा ४५ दिने सरसफाइ अभियान

बुटवल, साउन १५ गते । बुटवल उपमहानगरपालिकाले बुटवलमा सरसफाइ र वृक्षरोपण अभियान शुरु गरेको छ । ४५ दिनसम्म चल्ने अभियानको सोमबारदेखि शुरु भएको छ । नगरलाई सफा र सुन्दर बनाएर सरसफाइ तथा हरियाली प्रवद्र्वन गर्ने उद्वेश्यले अभियान योगीकुटीबाट अभियान शुरु गरिएको हो । अभियानको एक कार्यक्रमवीच बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले उद्घाटन गरेका हन् ।

सरसफाइ अभियानमा जनप्रतिनिधि, बुटवलका विभिन्न संघसस्था, नेपाली सेना, नेपाल प्रहरी, टोलविकास संस्थाहरुको सहभागिता थियो । सरसफाइमा सडक क्षेत्रमा भएका फोहोर फाल्ने, सडक बढार्ने, सडक छेउका बिरुवा कांटछाट गर्ने, पानीको निकास खोल्ने र सडकको डिभाइडरमा वृक्षरोपण गरिएको छ ।

 


बुटवल उपमहानगर पालिकाका मेयर खेलराज पाण्डेयले बुटवललाई हरियाली र सुन्दर बनाउन सरसफाई कार्यक्रमलाई निरनतरता दिने र खाली ठाउंमा विरुवा रोपिने बताए ।
सरसफाई अभियानमा जुट्न नगरवासीलाई आग्रह गर्दै बुटवललाई सफा, सुन्दर र हरियाली बनाउन सबैको साथ सहयोग आवश्यक पर्ने बताए ।चालु अर्थिक वर्षमा उज्यालो बुटवल अभियान अन्तरगत मुख्य सडक क्षेत्रमा बत्ती जडान गरी भित्री सडकहरुलाई उज्यालो बनाउने र हरियाली बनाउंदै रात्रीकालीन बजार सञ्चालन गर्ने योजना रहेको बताए ।

उपप्रमुख सावित्रीदेवी अर्यालले पहिलो चरणमा घरघरमा सचेतना बोर्ड राख्ने र दोस्रो चरणमा टोल समितिको अगुवाइमा फोहोर गर्नेलाई कारवाही गरिने बताइन ।

बुटवलले चालु आर्थिक वर्षमा उज्यालो बुटवल कार्यक्रम अन्तरगत विद्युतीकरण, सडक बत्ती र सौन्दर्यीकरणका लागि १ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ ।
एक घर तीन रुख कार्यक्रमका लागि १२ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै रात्रीकालीन बजार सञ्चालन व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ ।
अभियानका क्रममा मुख्य सडकको डिभाइडरमा बेगम बेली १ हजार, क्यालियान्ड्रा, हेमिलिया, करबिर, इक्जोराका ३–३ सय बिरुवा रोपिनेछ ।

साउन १५ गते योगीकुटीबाट योगीकुटीबाट शुरु भएको अभियान १६ र १७ गते होराइजन चोकदेखि भुड्की चोकसम्म, १८ र १९ गते भुड्की चोकदेखि ट्राफिक चोकसम्म, २१ गतेदेखि २३ गतेसम्म ट्राफिक चोकदेखि गोलपार्कसम्म सरसफाइ गर्दै वृक्षरोपण गरिने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी गराए ।

त्यस्तै २५ र २६ गते गोलपार्कदेखि चिडियाचौकीसम्म, २८ र १९ गते अस्पताल चोक प्रहरीदेखि तिनाउ पुलसम्म र भदौ १ गतेदेखि भदौ मसान्तसम्म योगीकुटीदेखि चिडियाचौकीसम्म नियमित सरसफाइ गरिने बुटवल उपमहानगरपालिकाले बताएको छ ।