बुटवल क्याम्पसको स्वयियु कार्यालयमा तालाबन्दी

बुटवल, साउन १५ गते । बुटवल बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यालयमा स्ववियु सदस्यहरुले ताला लगाएका छन् । सोमबार बिहान स्ववियु बैठक राखेर १ घन्टासम्म पनि पदाधिकारी र सदस्यहरु अनेरास्ववियुको बैठकमा बसेको भन्दै तालावन्दी गरिएको हो ।

बिहान ८ बजे बैठक बोलाएर ९ बजेसम्म पनि बैठकमा सहभागी नभई स्ववियु पदाधिकारी र सदस्यहरु अनेरास्ववियुको बैठकमा भुलेर स्ववियुको बैठकप्रति कुनै चासो नदेखाएकाले ताला लगाएको स्ववियु सदस्य सुमन गुरुङले बताएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) बुटवल बहुमुखी क्याम्पसका समानुपातिक सद्स्यहरु सुमन गुरुङलगायत सामानुपातिक तर्फका नेविसंघ, अखिल क्रान्तिकारी, स्वतन्त्र सदस्यहरुले तालाबन्दी गरेका हुन् ।