पेट्रोलियम डिलर्स एशोसिएसनमा अग्नी सुरक्षा कार्यक्रम

बुटवल, साउन १५ गते । पश्मिाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले अग्नी सुरक्षा तथा आकस्मिक प्रतिक्रिया योजना सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ ।
एशोसिएसनका अध्यक्ष हिमाल गैरेको अध्यक्षतामा नेपाल आयल निगम लिमिटेड भलवारीका प्रादेशिक प्रमुख जगदिशचन्द्र यादवको प्रमुख आतिथ्यतामा अग्नी सुरक्षा तथा आकस्मिक प्रतिक्रिया योजना सम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको हो ।

एशोसिएसनमा आवद्व पदाधिकारी, सदस्यहरु र आमनागरिकलाई अग्नी सुरक्षाबारे जानकार गराउने उद्वेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा नेपाल आयल निगम उप प्रबन्धक अशोक अर्याल, नेपाल पेटोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका केन्द्रिय सदस्य राजु न्यौपाने, निगमका प्राविधिक श्यामलाल खनाल र उमेशजंग रायमाझीले उक्त कार्यक्रमलाई डेमो गरेका थिए ।

महासचिव हरिराम कसौधनको सञ्चालन सञ्चालनमा भएको कार्यक्रममा डिलर व्यवसायी एवं निगमका ११० जना कर्मचारीको उपस्थित थियो ।