चौतारीको तालाबन्दीले पत्रकार महासंघ रुपन्देही अनिर्णयको बन्दी

बुटवल, साउन १८ गते । पत्रकार महासंघ रुपन्देही अनिर्णयको बन्दी बनेको छ । यही साउन १४ गते पत्रकार महासंघ रुपन्देहीमा प्रेस चौतारी रुपन्देहीले तालावन्दी गरेको हो ।
पत्रकार महासंघ रुपन्देहीमा तालावन्दी गर्दा पत्रकार महासंघ प्रदेशको कार्यालय पनि बन्द छ । जसले गर्दा महासंघ प्रदेश पनि अनिर्णयको बन्दीमा परेको छ । ताला खोल्ने विषयमा सहमति नजुटेपछि उक्त ताला आजसम्म खुल्न सकेको छैन ।

चैतारीले लगाएको तालावन्दी खुल्न नसक्दा महासंघको कार्यालयबाट हुने सबै गतिविधि बन्द छन् । नयां सदस्य वितरणमा महासंघले अन्यापूर्वक निर्णय गरेर पे्रस चौतारीका मान्छेलाई महासंघले सदस्यता दिनबाट बन्चित गरेको आरोप लगाउंदै पे्रस चौतारी रुपन्देहीले तालावन्दी गरेको हो ।

नेकपा एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख तथा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डिआर घिमिरेको नेतृत्वमा पे्रस चौतारी रुपन्देही अध्यक्ष लक्ष्मण पौडेलसहितको टोलिले महासंघमा तालावन्दी गरेको हो ।
महासंघको निर्णप्रति असहमती जनाउंदै पे्रस चौतारीले उक्त निर्णय सच्चाएर आफ्ना मान्छेलाई सदस्यता दिनुपर्ने पे्रस चौतारीको माग रहेको छ । तालावन्दी खोल्नका लागी पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल र पे्रस चौतारीको केन्द्रको प्रतिनिधिसहित प्रदेश र जिल्ला नेतृत्व छलफमा बसेपनि सहमति जुट्न सकेको छैन ।
पे्रस चौतारीले संगठनको हैहियत अनुसार नयां सदस्यता माग गरेको रुपन्देही अध्यक्ष लक्ष्मण पौडेलले जानकारी गराए । अध्यक्ष पौडेलले भने – हाम्रो माग पुरा भए ताला खोल्न हामी तयार छौ ।

सहमती र छलफलको माध्यामबाट सहमतीमा ताला खोल्नका लागि पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल लागि परेका छन् । तर उनको प्रयास भने अझै सफल हुन सकेको छैन । आज पनि महासंघ र आन्दोलनरत पे्रस चौतारीवीच सहमतिका लागि छलफलमा जुट्ने कार्यक्रम रहेको बुझिएको छ ।

महासंघको गत साउन ६ गते बसेको बैठकले ३२ जनालाई नयां सदस्यता दिने निर्णय गरेको थियो ।