आफ्ना नेता बचाउन सरकारको प्रपन्च – प्रदीप ज्ञवाली

बुटवल, साउन १९ गते । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सरकारले भ्रष्टाचारमा संलग्न आफ्ना नेताहरुलाई जोगाउ प्रपञ्च गरेको बताएका छन् ।
सुन काण्डमा आफ्ना नेताहरुको नाम जोडिएर आउंदा पनि सरकारले उनीहरुलाई बचाउने प्रयास गरेको नेता ज्ञवालकिो आरोप छ ।

सुन तस्करीका घटनामा नाम जोडिएका नेताहरुलाई उन्मुक्ति दिएर अनुसन्धानलाई मोड्ने काम गरेको दावी गर्दै उनले भने –एमालेले भ्रष्टाचार छानविनका लागि उच्च स्तरीय आयोग गठनको माग अघि बढाएको छ । तत्कालिन एमालेका संगठन विभाग प्रमुख स्व. नेता जीवराज आश्रितको ८० औं जन्मजयन्तीको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा बोल्दै भ्रष्टाचार सम्बन्धि मुद्दाहरुमा सरकारले देखाएको प्रवृत्तिमाथि टिप्पणी गदै सरकारको आलोचना गरे ।

उनले भ्रष्टाचार सम्बन्धि मुद्दामा सरकारले गरिरहेको छानविनप्रति शंका व्यक्त गरे । सरकारको हात सफा छैन, यसले अनुहारको कालो पुछ्न नसक्ने व्यङे गर्दै उनले सरकार आफ्नै कारणले कमजोर भएको दावी गरे । पूर्व परराष्ट्रमन्त्रीसमेत रहनुएका नेता ज्ञवालीले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर नभएको आरोप लगाए ।

मुलुकले इतिहासकै कमजोर आर्थिक अवस्थाको सामना गर्नुपर्ने परेको बताउंदै उनले भने –निर्माण व्यवसायीले काम पूरा गरेपनि ८० अर्ब बढी भुक्तानी पाउन नसकेकोप्रति चिन्ता गरे । सरकारले सिमित व्यापारीलाई काखी च्यापेर अरुलाई पाखा लगाउने काम गरेको आरोपसमेत लगाए ।

डाक्टर मुरारी पराजुलीले प्रस्तुत गर्नुभएको प्रगतिशील संस्कृतिको निर्माणमा जीवराज आश्रितको दृष्टिकोण विषयक अवधारणा पत्रमा विचार व्यक्त गर्दै नेता ज्ञवालीले पार्र्टी भित्र अराजकता देखिएको बताए ।
जीवराजको विचार र जीवनीबाट पाठ सिक्दै पार्र्टीलाई सुदृढ गरी बलियो बनाउनु पर्नेमा जोड दिए ।