बुटवल– पाल्पा सडक खण्डमा जीपमाथि ढुंगा खस्ता तीन जना घाइते

बुटवल, असोज २२ गते । सिद्धार्थ राजमार्गको बुटवल –पाल्पा सडक खण्डको रामापिथेकस पार्क ड्याम साइट नाग मन्दिर नजिकै गुडिरहेको जीपमाथि ढुंगा खस्दा तीनजना घाइते भएका छन् ।
बुटवलबाट पाल्पा जांदै गरेको लु २ च २८४९ नम्बरको सोमबार विहान जीपमाथि ढुंगा खस्दा तीनजना घाइते भएका हुन् । घाईते हुनेहरुमा पुवी नवलपरासी नवलपुर त्रिवेणी गाउँपालिका वडा नंं ७ का ३२ बर्षिय जीप चालक विवेक कार्की, रुपन्देही सुद्धोधन गाउँपालिकाका २४ बर्षिय जीप सहचालक विवेक कार्की र तानसेन नगरपालिका १४ का ४० बर्षिय दिलिप न्यौपाने रहेको दोभान प्रहरी चौकीले बताएको छ ।

घाइते तीनैजनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
माथिबाट खसेको ढुङ्गाले च्यापेर जीपको क्षती भएको छ । जीपको अगाडीको भाग पूर्णरुपमा क्षती भएको छ । सो क्षेत्रमा ठुला– ठुला ढ्ङ्गाले किचेर मानवीय क्षतीसंगै सवारीसाधनमो नोक्सानी हुदै आएको छ । सडकमा खसेको ढुङ्गा पन्छाएर सडक यातायात सुचारु रहेको पाल्पा प्रहरीले जनाएको छ ।