ल्हारक्याल लामामा कारण सरकारको चौतर्फी आलोचना

बुटवल, साउन २२ गते । सरकारले ल्हारक्याल लामालाई सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । उक्त निर्णयको अहिले चौतर्फी बिरोध भएको छ । माओवादीका नेतासमेत रहेका विवादीत छविका ल्हारक्याल लामालाई सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णयगरेपछि व्यक्तिका कारण सरकारको आलोचना शुरु भएको छ ।

वैदेशिक रोजगार, हतियार, अकुत सम्पत्ति आर्जन, दोहोरो नागरिकता, राहदानी लगायतका अभियोगमा पक्राउ पर्दै छुट्दै आउनुभएका पूर्वसांसद लामालाई कोषको उपाध्यक्ष पदमा नियुक्त गरिएको थियो । मन्त्रिपरिषद्को पछिल्लो बैठकले लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको हो । सरकारले आफूलाई कोषको उपाध्यक्षमा मनोनीत गरेको लामाले बताएका छन् । माओवादी केन्द्रीय सदस्य रहेका लामाले आइतबार नियुक्तिपत्र बुझेका बताईएको छ ।

लामा २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री नियुक्त भएका थिए । नियुक्ति लगत्तै दोहोरो नागरिकता र राहदानीको विषय उठेपछि उहांले १० दिनमै मन्त्री पदबाट राजीनामा दिएका थिए । २०६४ सालको पहिलो संविधानसभामा एमालेबाट समानुपातिक सभासद बनेका लामा २०७० मा माओवादी प्रवेश गरी दोस्रो संविधानसभामा सभासद भएका थिए ।

उनी २०५८ सालमा कांग्रेसबाट गुम्बा व्यवस्था तथा विकास समितिको अध्यक्षसमेत भएका थिए । ल्यारक्यालको धार्मिक नाम डा. खेन्पो छिमे छिरिङ हो र उनी सिन्धुपाल्चोक हेलम्बुका बासिन्दा हुन् ।