नवलपरासी कांगे्स निकट महिला संघमा विवाद उत्पन्न

नवलपरासी, साउन २२ गते । पश्चिम नवलपरासीमा कांगे्रस निकट महिला संघमा विवाद उत्पन्न भएको छ । केन्द्रले अध्यक्ष मनोनित गरेर पठाएपछि महिला संघमा उत्पन्न विवादले ठूलो रुप लिएको छ । महिला संघ केन्द्रीय समितिले अध्यक्षमा तारा भण्डारीलाई मनोनित गरेर पठाएपछि असन्तुष्ट पक्षले छुट्टै समिति गठन गरेका छन् । महिला संघकी जिल्ला अध्यक्ष कमला तिवारी केन्द्रीय सदस्य भएसंगै जिल्ला समितिको समयावधिपनि सकिएको थियो ।

जिल्ला समितिलामो समयदेखि नेतृत्व विहिन भएको भन्दै केन्द्रले भण्डारीलाई मनोनित गरेर पठाएको हो । जिल्लामा कांग्रेसका दुई गुट छन् । मनोनित भण्डारी संस्थापन पक्षकी हुन् । गुटकै कारण संस्थापनइतर पक्षले मिठु केसीको अध्यक्षतामा १५ सदस्य रहेको अर्को जिल्ला तदर्थ समिति गठन गरेको छ । केसी जिल्ला महिला संघकी उपाध्यक्ष हुन् ।

जिल्ला अध्यक्ष केन्द्रमा गइसकेपछि उपाध्यक्षलाई कार्यबहाक दिनुको सट्टा गुटकै कारण जिल्ला समिति नेतृत्व विहिन बनाएको संस्थापनइतर पक्षको आरोप छ । जिल्लामा नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका महामन्त्री विक्रम खनाल र केन्द्रीय सदस्य एंव पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेलको गुट छ । कंडेल संस्थापनपक्ष र खनालइतर पक्षका मानिन्छन् । यि दुवै नेताले खुलेर आआफ्नो गुटको संरक्षण गर्दै आअएका छन् ।