मनाइयो आदिवासी दिवस, आदिवासीका मुद्दा वर्गिय हुन् – उषा पुन

बुटवल, साउन २४ गते । विश्व आदिवासी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । रुपन्देहीको बुटवलमा पनि २९ औं विश्व आदिवासी दिवसको अवसरमा कार्यक्रम गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ बुटवल समन्वय परिषद्ले बुटवलमा कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपमेयर सावीत्रादेवी अर्यालले आदिवासी जनजातिका अधिकार, भाषा तथा सस्कृति संरक्षणका लागि उपमहानगरले सहयोग गर्ने प्रतिवद्वता जनाईन ।

बजेट विनियोजनमा जनजातिलाई उपमहानगरपालिकाले विभेद नगरेको बताउंदै सबै क्षेत्रको अधिकार र भाषा, संस्कृतिका लागि समान व्यवहार गरिएको उनको दाबी छ ।
मगर महिला संघकी सचिव चन्दा थापाले आदिवासी जनजातिलाई राज्यले उपेक्षा गरेको बताउंदै अधिकारका लागि राज्यलाई दबाब दिनुपर्ने बताईन ।

कार्यक्रममा फोनि रुपन्देहीका अध्यक्ष सोनु थापा, गोपाल चौहान, कल्याणी लाकोल, लालबहादुर गुरुङ, ओमप्रकाश गुरुङ, बसन्ती साठीघरे मगर, पे्रम गलामी मगर, लालबहादुर गौचन, लिलाधर गौचन लगायतले बोल्दै राज्यले विभेद गरेकाले आदिवासी जनजाति पछाडी परेको गुनासो ग।रेका छन् । अरुणकुमार श्रेष्ठको अध्यक्षता र शम्भु मुक्तानको सञ्चालनमा कार्यक्रम भएको थियो ।

यस्तै २९ औं विश्व आदिवासी दिवस रुपन्देहीको देवदहमा पनि मनाईएको छ । नेपाल आदिवासी जनजाति महासंघ समन्वय समिति देवदहको आयोजनामा शुभकामना आदान प्रदान गरी दिवस मनाईएको हो ।

 अखिल नेपाल जनजाति सम्मेलन 
यस्तै अखिल नेपाल जनजाति सम्मेलन रुपन्देहीले पनि २९ औं विश्व अन्तर्राष्ट्रिय आदिबासी दिबस मनाएको छ । बुटवलको चांदवारीस्थित राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी आदिवासी दिवस मनाईउको हो ।

उक्त कार्यक्रममा बोल्दै अखिल नेपाल जनजाति सम्मेलनकी कार्यबाहक महासचिव उषा पुनले जाती र क्षेत्रको नाममा राज्य माग्नु गलत भएको बताउंदै जनजातिका मुद्दालाई वर्गीय मुद्दाको रुपमा उठान गर्नुपर्ने बताइन ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष टानबहादुर केसी, कम्युनिष्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्य, नेकपा मसाल रुपन्देही प्रवक्ता लालचन्द पन्थलगायतले बोलेका थिए । अखिल नेपाल जनजाति सम्मेलन रुपन्देही अध्यक्ष नारायण पुनको अध्यक्षता र नगेन्द्र श्रीनेतको सञ्चालनमा कार्यक्रम भएको हो ।