शैक्षिक प्रमाणपत्र कीर्तेको आरोपमा कांगे्सका सांसद पक्राउ

बुटवल, साउन २५ गते । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सांसद सुनिल शर्मालाई गोल्फुटारस्थित निवासबाट पक्राउ गरेको हो ।

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सांसद पक्राउ परेका हुन् । सांसद शर्मा मोरङ–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् ।