निष्पक्ष छानविनका लागि उच्चस्तरीय समिति – डा. बाबुराम

बुटवल, साउन २६ गते । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवासलगायत प्रकरण छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने बताएका छन् । निष्पक्ष भए आयोगपनि गठन गर्न सकिने उनले बताए । ललिता निवासलगायत शंका लागेका र चर्चामा आएका सबै प्रकरणको निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने र छानविन समितिलाई आफुले सहयोग गर्ने नेता भट्टराईले बताए ।

माथिल्लो तहबाट छानविन गरी भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने बताउंदै राजनीतिक विचारको अभावले अहिलेसम्म भ्रष्टाचारीलाई कारवाही हुन नसकेको हो भने । नेपाल समाजवादी पार्टीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने – सत्ताको भागबण्डामा छानविन समिति बनाउनु पर्छ । विगतका संसदीय आयोगका प्रतिवेदनहरु सार्वजनिक गरी छानविन गर्नुपर्ने पूर्वप्रधानमन्त्री पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाइ छ ।

देशले नयां राजनीतिक शक्ति खोजेको उल्लेख गर्दै समाजवादी पार्टी वैकल्पिक शक्तिको रुपमा आएको उनको दावी छ । नयां समाजवादी विचारसहितको पार्टी बनाउने अभियानमा समाजवादी पार्टी लागेको बताउंदै नयां पुस्ताले बुझ्ने र चिन्ने नयां समाजवादी शक्ति निर्माण गर्न आवश्यक रहेको उनको तर्क छ । आफुले माओवादी नछोडेको दावी गर्दै माओवादीको राजनीतिक कोर्ष पुरा भएकाले अगाडी बढ्न अग्रगामी बाटोमा लागेको बताए ।

उनले विगतमा हतारिएर पार्टी एकता र गठबन्धन गर्दा केही गल्ती भएको बताउंदै अहिले कुनै पार्टीसंग नेपाल समाजवादी पार्टीको विचार नमिल्ने डा. बाबुराम भट्टराईले बताए ।
विवादित ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेर बेठिक भएको बताए ।