युवाहरुको संघर्षले परिवर्तन – मुख्यमन्त्री चौधरी

बुटवल, साउन २७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले युवाहरुको संघर्षले परिवर्तन सम्भव भएको बताएका छन् । परिवर्तनका लागि कमैया मुक्तिको आन्दोलनमा ठूलो संघर्ष गरेको स्मरण गर्दै युवाहरुलाई देश निर्माणमा लगाउनु पर्ने बताए ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषदले शनिबार लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले दुई लाख युवालाई रोजगारमा जोड्ने लक्ष्य लिएको बताए ।

युवालाई रोजगारी सिर्जना गर्ने काममा सरकारले सहयोग गर्ने दावी गर्दै मुख्यमन्त्री चौधरीले भने – रोजगारीका लागि प्रपोजल ल्याएर प्रदेश सरकारमा आउनुस । युवालाई उद्यमशीलतामा अगाडी बढाउनु पर्ने बताउंदै रोजगारीका लागि पलायन युवा जनशक्तिलाई रोकेर देश विकासमा लगाउनु पर्ने मुख्यमन्त्री चौधरीले बताए ।

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले सरकारले लिएको लक्ष्यलाई सहयोग गर्नेगरी कामगर्न युवा परिषद्लाई आग्रह गरे । देश बनाउन युवाहरु दल भन्दा माथि उठ्नु पर्ने बताउंदै बेरोजगार युवाहरुलाई रोजगारी बनाउने प्रदेशको योजना रहेको आश्वासन दिए । मन्त्री गुप्ताले देशका ठुला नेता र ठुला कर्मचारीहरुको सम्पति छानविन दगर्नुपर्ने बताए । ठुला नेता र ठुला कर्मचारकिा कारण देशको अवस्था गम्भीर बनेको मन्त्री गसप्ताको तर्क छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य पूर्वमन्त्री वसिउद्धिन खांन, प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गोविन्दबहादुर खत्री, समाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद पन्थ लगायतले बोल्दै युवाहरुलाइृ उत्पादनसंग जोड्नु पर्नेमा जोड दिएका छन् । दिगो विकासको लक्ष्य प्राप्तीमा युवाको साथ, नवप्रद्र्वन र उद्यमशिलतामा हरित सीप विकास भन्ने नारासहित अन्तर्राष्ट्रिय युवा दिवस मनाईएको छ ।

युवा उद्यमशिलता विकासमा योगदान गरेका प्रदेशका १५ जना उद्यमी तथा संस्थाहरुलाई सम्मान गरिएको छ ।