डेंगु नियन्त्रणका लागि बुटवलमा अभिमुखीकरण

बुटवल, साउन २८ गते । समूदायमा डेंगु रोगका बिरामी बढेसँगै यसको नियन्त्रण र रोकथामका लागि स्थानीय स्तरमा बिभिन्न प्रयासहरु भैरहेका छन् । डेंगु रोग नियन्त्रण र रोकथामका लागि स्थानीय तह र स्वास्थ्य सेवासँग सम्बन्धित संघसंस्था र कार्यालयहरुले खोज र नष्ट गर, जनचेतनामूलक कार्यक्रम र अभिमुखीकरण लगाएतका कार्यक्रमहरु संचालन गरेका छन् ।

यसैवीच नेपाल रेडक्रस सोसाइटी बुटवल उपशाखाको आयोजनामा बुटवल उपमहानगरपालीकाका १९ वटा वडामा कार्यरत सामूदायिक स्वास्थ्य स्वयंसेवीकाहरुलाई अभिम्ुखीकरण कार्यक्रम भएको छ । स्थानीय स्तरमा र वडातहमा डेंगु नियन्त्रण र रोकथामका लागि आवश्यक जनचेतना जागृत गर्ने उद्देश्यले गरिएको सो कार्यक्रममा सरोकारवालाहरुले स्वास्थ्य स्वयंसेविकाहरु समुदायमा पुगेर जनचेतना फैलाउनु पर्ने बताएका छन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसायटी रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपानेले स्वयंसेविकाहरु नै स्थानिय स्तरमा अग्रभागमा परिचालित समुह भएकोले गम्भिर भएर समुदायको हितमा काम गर्न आग्रह गरेका छन् । बुटवल उपशाखाका सभापति वरिष्ठ अधिबक्ता बेनबहादुर पौडेलक्षेत्रीले बिगतमा सबै मिलेर कोभिड बिरुद्ध संघर्ष गरेको स्मरण गर्दै डेंगु बिरुद्ध पनि एकजुट भएर अघिबढ्नुपर्ने आवश्यक्ता रहेको बताए ।

बुटवल उपमहानगरपालीका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले सहजीकरण गर्दै स्थानिय तह, स्वास्थ्य सेवा संग सम्बन्धित निकायहरु, सामाजिक संघसंस्था आदी सबैको सहयोग र साझा प्रयासमा डेंगुरोग नियन्त्रण गर्न सकिने संभावना रहेको बताए । सो अवसरमा प्ुर्व नगरप्रमुख पुनाराम पोखरेल, रेडक्रस मणिमुकुन्द उपशाखाका सुहाबहादुर नेपाली, बुटवल उपशाखाका उपसभापति अप्सरा उपाध्याय, सचिव भुवनेश्वर भण्डारी, रेडक्रस रुपन्देहीका वरिष्ठ अधिकृत कृष्ण मल्ल, सहायक अधिकृत सुरक्षा भट्टराई लगाएतले डेंगे रोग नियन्त्रण र रोकथामका उपायहरु तथा स्वयंसेविकाहरुको भुमिका बारेमा चर्चा गरेका थिए ।

रेडक्रस बुटवल उपशाखाका सभापति बेनबहादुर पौडेल क्षेत्रीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उपसभापति अप्सरा उपाध्यायले स्वागत मन्तब्य, सचिव भुवनेश्वर भण्डारीले कार्यक्रम संचालन र सुहाबहादुर नेपालीले धन्यवाद ज्ञापन गरेका थिए ।