बुटवलको कालिकानगरमा गाडीमा आगो लाग्यो

बुटवल, साउन २९ गते । बुटवलको कालिकानगरमा गाडीमा आगो लागेको छ । रोकेर राखिएको गाडमिा आगो लागेको योगीकुटी प्रहरीले बताएको छ । कालिकानगरको कालिका पेट्रोल पम्प अगाडी सोमबार दिउंसो करिव पौने २ वजेतिर उक्त गाडीमा आगो लागेको हो । प्रदेश २– ०३– ०० १ ख २५११ नम्बरको गाडी मुख्य सडकको सर्भिसलेनमा राकिएको गाडीमा एक्कासी आगो लागेको हो ।


गाडीमा आगो लागेपछि स्थानीय र सडक यात्रीले पानी प्रयोग गरेर निभाएका हुन् । स्थानीय र पैदलयात्रीले आगो नियन्त्रणमा लिएपछि दमकल आएको थियो ।
भौतिक क्षती भएपनि मानवीय क्षती भने नभएको प्रत्यक्ष दर्शी पे्रम थापाले नयां दिशालाइ जानकारी गराएका छन् ।


आगीमा आगो लागेको कारण नखुलेको योगीकुटी प्रहरी विटले बताएको छ ।