संसदमा एमालेको अबरोध कायमै

काठमाडौं, साउन २९ गते । संघीय संसदमा प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरोध कायमै राखेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेर संसद अबरोध गरेका छन् ।

एमालेका सांसदहरुले संसदीय मर्यादा कायम गर, उच्चस्तरीय छानबिन समिति गठनको माग राखी संसद अबरोध गर्दै आएका छन् । एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले भदौ ३ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद् अवरोध गर्दै आएको हो ।
राजनीतिक दलका शीर्ष नेताहरूसंग सभामुखसहित छलफल भएपनि यो विषयमा अझै सहमति जुटेको छैन ।
उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने एमालेका सांसदहरुले बताएको छ । एमालेले पटक– पटक संसद अबरोध गरेपछि संसदबाट हुन कामहरु हुन सकेका छैनन् ।