सुन तस्करी अनुसन्धानमा सरकारलाई सघाउं छु – महरा

दाङ, साउन ३० गते । सुन तस्करीको आरोप लागेका माओवादीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको विषयमा अनुसन्धान गर्न सरकारलाई सघाउने बताएका छन् । उनले अनुसन्धानमा सरकारलाई सघाउने बताउंदै आफुलाई गलत आरोप लगाईएको दावी गरेका छन् ।

सुन तस्करीमा उनको संलग्नता रहेको आशंका गर्दै अनुसन्धानको दायरामा ल्याउनुपर्ने देशभर आवाज उठिरहेका बेला मंगलबार दाङमा पत्रकारसँग कुरा गर्दै महराले अनुसन्धानमा सरकारलाई सघाउन तयार छु भने । ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउन तयार छु ।

अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेको छु भन्दै उनले भने – अनुसन्घानमा सघाउछु भन्दापनि कसैले नबोलाएको उनको भनाइ छ ।
चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको उनको दावी छ । मलाई अनावश्यक रुपमा बदनाम गर्न खोजएिको गुनासो गर्दै भने प्रमाणविना कसैलाई पनि आरोप लगाउन पाइदैन ।