दोहोरो करले सामूदायिक वन समस्यामा, उपभोक्ता विदेशी काठ प्रयोग गर्न बाध्य

बुटवल, साउन ३० गते । उपभोक्ताको माग अनुसार सामूदायिक वनहरुले काठ विक्री वितरण गर्न सकेका छैनन् । नेपाली उपभोक्ताले महङोमा विदेशी काठ प्रयोग गर्न बाध्य भएका छन् । सामूदायिक वनहरुमा काठ सडेको छ । उपभोक्ताले काठ मागेपनि सामूदायिक उपभोक्ता समूहले काठ विक्री वितरण गर्न सकेका छैनन् । जसले गर्दा नेपाली उपभोक्ता आफुले जोगाएको वनमा काठ सुकेर वा सडेर काठ नोक्नान हुंदापनि विदेशी काठ प्रयोग गर्न बाध्य छन् ।

सरकारले वन सम्बन्धि नीति तथा कानुनहरु पारित नर्गदा सामूदायिक वनमा घाटगड्ी गरिएको काठ विक्री गर्न समस्या भएको हो । कानुनी जटिलताका कारण सामान्य दाउराबाहेक काठ विक्री गर्न नसकिएको सामूदायिक वन उपभोक्ताहमूहले गुनासो गर्दै आएका छन् । रुपन्देही तिलोत्तमाको शंकरनगर सामूदायिक वनमा मात्रै ५३ सय ७० सय क्युफिट काठ थुपारेर राखिएको छ ।

विक्री आदेश आएपनि करको अन्योलताले काठ विक्री गर्ने कामलाई अहिले स्थगीग गरिएको शंकरनगर सामूदायिक वन उपभोक्ता समूह १– ४ का अध्यक्ष रविन्द्र बस्नेतले बताए ।
शंकरनगर सामूदायिक वन उपभोक्ता समूह १ – ४ ले २०७९ चैतदेखि काठ विक्री वितरण गरेको छैन । जसले गर्दा ठूलो परिणामको काठ सामूदायिक वनमा सड्न थालेको छ । स्थानीय र प्रदेश सरकारको करले सामूदायिक वनहरु सञ्चालनमा चुनौती थपिएको छ ।

प्रदेश सरकारले सामूदायिक वनहरुलाई लगाएको २५ प्रतिशत करले लुम्बिनी प्रदेशका सबै सामूदायिक वनहरु अन्योलमा परेका छन् । वनको नीतिगत रुपमा समस्या र दोहोर करका कारण सामूदायिक वनहरु सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ ।

नीतिगत समस्या र दोहोरो करका लुम्बिनी प्रदेशका ४ हजार १ सय ३२ सामूदायिक वनले लामो समयदेखि घाटगड्ी गरेर राखेको काठ विक्री गर्न सकेका छैनन् । रुपन्देहीका १ सय ८ वटा सामूदायिक वनमा ठूलो परिणामको काठका थुप्राका थुप्रा छन् ।