मिडिया कमजोर भए सरकार पनि कमजोर – मुख्यमन्त्री चौधरी

बुटवलमा मिडिया सम्मेलन शुरु

बुटवल, भदौ १ गते । शुक्रबारदेखि बुटवलमा मिडिया सम्मेलन शुरु भएको छ । शनिबार सकिने उक्त मिडिया सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ीबहादुर चौधरीले उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर धौधरीले मिडिया मकजोर भए सरकार कमजोर हुने बताएका छन् ।
मिडिया कमजोर भए सरकारले आफ्नो कुरा राख्न सक्दैन भन्दै उनले भने – मिडियाको साथमा लुम्बिनी प्रदेश सरकार छ ।

मुख्यमन्त्री चौधरीले मिडियलाई बलियो बनाउने गरी लुम्बिनी प्रदेश सरकारले सपोट गर्ने प्रतिवद्वता जनाए । उनले मिडियाका लागि प्रदेश सरकारले केही वजेट छुट्टाएको बताउंदै सरकारको गुणगान गाउनु प्रर्दैन मिडियाले सांचो कुरा लेख्नुपर्छ भने ।

उनले गाउंगाउंमा आर्थिक विकास गरेर विज्ञापन बढाउन सकिने बताउंदै आर्थिक विकासले प्रजातन्त्र पनि दसवल हुने राजनीतिक पनि संस्थागत हुने मुख्यमन्त्री चौधरीको तर्क छ ।
आर्थिक विकासका लागि लुम्बिनी प्रदेशमा सम्भावनै समभावना रहेको बताउंदै मुख्यमन्त्री चौधरीले आर्थिक विकासका लागि मिडियासंग लुम्बिनी प्रदेश सरकार सहकार्य गर्न तयार रहेको प्रतिवद्वता जनाए ।

कार्यक्रममा पे्रस काउन्सिलका अध्यक्ष वालकृष्ण पन्थी,वरिष्ठ पत्रकार युवराज घिमिरे, कनकमणि दिक्षित, डाक्टर वालकृष्ण चापागाईं, तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खांण, सियारी गाउंपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, बुटवल उपमहानगरपालिकाकी उपमेयर सावित्रादेवी अर्याल लगायतले बोल्दै मिडियालाई आर्थिक रुपले सपल बनाउनु पर्नेमा जोड दिएका छन् ।

लुम्बिनी प्रदेशभित्रका सञ्चारमाध्यमहरुको विकास र व्यावसायिक एकरुपता कायम गर्ने उद्देश्यले शुक्रबारदेखि बुटवलमा मिडिया सम्मेलन सुरु भएको हो । उक्त मिडिया सम्मेलनमा प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा प्रदेशभित्र रहेका विभिन्न छापा माध्यम, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियाहरुको सहभागीता रहेको छ ।
प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यष नवराज कुंवरको अध्यक्षता, उपाध्यक्ष विष्णु भुसालको स्वागत र महासचिव माधव नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो ।
मिडिया सम्मेलन शनिबार सम्पन्न हुने छ ।