रोट्रयाक्ट क्लव अफ बुटबल रामापिथेकसको अध्यक्षमा निरज आचार्य

बुटवल, भदौ २ गते । रोट्रयाक्ट क्लव अफ बुटबल रामापिथेकसको अध्यक्षमा निरज आचार्य निर्वाचित हुनुभएको छ । आठ औं पदस्थापन कार्यक्रममा वर्ष २०२२–०२३ का अध्यक्ष विष्णु घिमिरेले वर्ष २०२३–०२४ का अध्यक्ष निरज आचार्यलाई पदहस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रम बर्ष २०२२ ०२३ का अध्यक्ष बिष्णु घिमिरे र वर्ष २०२३–०२४ का निरज आचार्यको संयुक्त अध्यक्षतामा नेकपा एमालेका सचेक तथा प्रतिनिधि सभा सदस्य महेशकुमार बर्तौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा वर्ष २०२२–२३ का अध्यक्ष बिष्णु घिमिरे वर्षभरीमा गरेका कार्यप्रगतिबारे जानकारी गराउंदै क्लबलाई सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गदै मायाको चिनोबाट सम्मान गरेका थिए ।

कार्यक्रममा पदभार ग्रहण गदै वर्ष २०२३,०२४ अध्यक्ष निरज आचर्यलले निःवर्तमान अध्यक्षले अगाडी सारेका नयां कामहरुलाई निरन्तरता दिने प्रतिवद्वता जनाउंदै नयां र फरक खालका कार्यक्रमहरु गर्ने बताए । कार्यक्रममा बोल्दै एमालेका सचेतक तथा प्रतिनिधि सभा सदस्य महेशकुमार बर्तौलाले सामजिक क्षेत्रमा रोटयाक्ट क्लवहरुले खेलेको भुमिका निकै महत्वपूर्ण रहेको बताए ।

युवाहरु सामाजिक क्षेत्रमा लागेका छन् भन्ने सन्देश रोटयाक्ट क्लवहरुले दिएको बताए । उनले देशको विकास समृद्धि युवाहरुले गर्न सक्ने भएकाले अब देश नेतृत्व युवाहरुले गर्ने बताए ।
कार्यक्रममा क्लवका सस्थापक अध्यक्ष सरोज पोखरेल, रोटयाक्ट डिष्ट्रीक अफिसिएल रेशम खड्का, रोटयाक्ट डिष्ट्रीक अफिसियल रोटरीयन एजाज आलम, राजेन्द्र ढकाल,रोटरी क्लव बुटबल डाउनटाउनका अध्यक्ष कमला हमाल लगायतले बोलेका थिए ।
कार्यक्रममा उत्कृष्ट काम गर्ने सदस्य तथा बोर्ड सदस्यहरुलाई मायाको चिनोबाट सम्मान गरिएको थियो ।