रुपन्देहीको तिलोत्तमामा जारी नेपाल जेसीजको सम्मेलनमा विवाद

बुटवल, भदौ ८ गते । शुक्रबारबाट रुपन्देहीको तिलोत्तमामा जारी नेपाल जेसीजको क्षेत्र घ सम्मेलन विवाद उत्पन्न भएको छ । क्षेत्र घ अन्तरगत रुपन्देहीको सिद्धार्थ लेडी जेसीज र धनगढी लेडी जेसीजमा उत्पन्न विवाद समाधान नगरी आयोजकले एकपक्षीय ढंगले प्रतिनिधित्व गराएको भन्दै एक पक्षले सम्म्ेलनमा विवाद निकालेको हो । सिद्धार्थ लेडी जेसीजमा २०२० देखि नै विवाद कायम रहेको छ ।

विरोधकावीच जारी सम्मेलनमा पटक–पटक स्थगीत र सुचारू भएको छ । सम्मेलनमा असन्तुष्ट पक्षले नाराबाजी गर्दै आयोजकप्रति गालीगलोज गरेबका छन् । विगत ३ वर्षदेखि विवाद भएको सिद्धार्थ जेसीजमा समस्या समाधान नगरी आफूहरुलाई प्रतिनिधित्व गर्न नदिएको भन्दै असन्तुष्ट पक्षले बिरोध गरेका छन् ।

नेपाल जेसिजको नेतृत्वले व्यक्तिगत स्वार्थ अनुसार सिद्धार्थ लेडी जेसिजको अध्यक्षमा विष्णु पाण्डे हुनु पर्नेमा गीता बन्जाडेलाई अध्यक्ष बनाइएको पूर्व अध्यक्ष रचना क्षेत्रीले बताइन । नेतृत्वले विवाद समाधान गर्नुको साटो अनाधिकृत समूहलाई मान्यता दिएको र आधिकारिक समुहबाट रजिष्ट्रेसन शुल्क उठाएर पनि सहभागी हुन नदिएको रचना क्षेत्रीको आरोप छ । यसैगरि धनगढी लेडी जेसीजमा पनि ३ वर्षदेखिको विवाद समाधान नगरी एक पक्षीय ढंगले प्रतिनिधित्व गराएको भन्दै सम्मेलनमा ठूलो विवाद भएको हो ।

धनगढी लेडिज जेसिजमा सरिता साउद आधिकारिक नेतृत्व भएपनि पवित्रा पाण्डेको समूहलाई एक पक्षीय ढंले प्रतिनिधित्व गराएको भन्दै सम्मेलनमा विवाद भएको हो ।
नेपाल जेसीजका अध्यक्ष बिकास मानन्धरले आफू महासचिव हुंदा मान्यता दिएको समितिलाई अहिले मान्यता नदिनु गलत हो भने ।

दुई दिनसम्म चल्ने सम्मेलनमा क्षेत्र घ अन्तरगत गैडाकोटदेखि पश्चिम महेन्द्रनगरसम्मका ५८ शाखाबाट करिव ५ सय प्रतिनीधि तथा पर्यवेच्छेक, नेपाल जेसीज र अन्य शाखाका सहभागिता छ । विवादका बिषयमा नेपाल जेसीसका अध्यक्ष बिकास मानन्धरले प्रतिक्रिया दिन मानेनन् ।

 

तिलोत्तमा जेसीजको आतिथ्यतामा शुक्रबारदेखि मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा जारी सम्मेलनमा देशभरबाट करिब १ हजार बढी प्रतिनिधि सहभागी छन् ।