प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई विलासी आवास बनाएपछि सरकारको चौतर्फी आलोचना

बुटवल, भदौ ११ गते । सरकारले ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय र आवासीय भवन बनाइ दिएको छ । अहिले उक्त कार्यको चौतर्फी रुपमा बिरोध भैरहेको छ । गरिब तथा निमुखालाई घर बनाइनुको साटो हुंदा खादाका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि सम्पर्क कार्यालय र आवासीय भवन बनाए सरकारले भुल गरेको भन्दै सरकारको चौतर्फी बिरोध शुरु भएको छ ।

ताम्रपत्र शिलान्यास र वृक्षरोपण गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त भवनहरु उद्घाटन गरेपछि देश विदेशबाट सरकार र प्रधानमन्त्रीको आलोचना भएको छ ।
आइतबार नै मुख्यमन्त्री र प्रदेश प्रमुखहरुले कार्यालय भवनको साँचो जिम्मा लिएका छन् । सैंबु आवास क्षेत्रको २७ रोपनी १२ आना जमिनमा एउटै आवास क्षेत्रभित्र ७ वटा ठूला भवनहरु बनाइएको हो ।

सरकारले औसत एउटा भवन निर्माण गर्न जग्गाको मूल्यबाहेक करिब साढे १२ करोड रुपैयाँ खर्च गरेको छ । सबै भवनहरुको लागत करिब ८५ करोड रुपैयाँ रहेको बताईएको छ ।