बुटवलमा एमसीसीविरुद्द प्रदर्शन

विनोद खनाल
बुटवल, भदौ ११ गते । नेपालको संसदद्वारा एमसीसी सम्झौता पारित भएर कार्यान्वयनको चरणमा प्रवेश गर्दैगर्दा त्यसका बिरुद्धमा बिरोधका कार्यक्रमहरु बढ्दै गएका छन्।
आईतवार बुटवलमा विप्लप नेतृत्वको नेपाल कम्यनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टी र मशालले बिरोध प्रदर्शन गरेका छन् ।

बुटवलको ब्लडबैंक नजिकै जम्माभएका नेताकार्यकर्तालाई प्रहरीले केहिसमय तितरबितर बनाउने कोसिस गरेको थियो । प्रहरी हस्तक्षेपका बाबजुत अमरपथबाट एमसीसीविरुद्व नारा जुलुस लाउंदै नयांबषपार्कमा पुगेर कोणसभा भएको थियो ।

कार्यक्रमका क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यालय सचिव प्रेम सुवेदीले एमसीसी साम्राज्यवादी योजना अन्तर्गत नेपालमा भित्राइएको र यसले नेपालको स्वाधीनतामा प्रहार गरेको बताए । उनले यो परियोजना खारेज नगर्नेहो भने मुलुक गम्भीर संकटमा पर्ने भन्दै देशभक्तहरु एकजुटभएर संघर्ष गर्नुको बिकल्प नरहेको बताए ।

नेपाल कम्युनिस्ट पार्टी रुपन्देही सेक्रेटरी बिरेन्द्र सीले एमसीसी सम्झौता राष्ट्रघाती प्रवधानको ब्याख्या गर्दै नेपालको संविधान भन्दा माथि एमसीसी सम्झौता रहेको हुनाले त्यसलाई कुनैपनि हालतमा स्वीकार्न नसकिने बताए । उनले राष्ट्रीय स्वाधीनता र जनताको मुक्ती आन्दोलनमा आफ्नो पार्टी होमिएको स्मरण गराउंदै आवस्यक परे बैदेशिक हस्तक्षेपबिरुद्ध स्वाधीनताको आन्दोलनमा होमिन आग्रह गरे ।

नेकपा मशालका प्रतिनिधि दिपक पौडेलले एमसीसी अनुदान नभै लगानी भएको बताए ।