कपिलवस्तमा ढलेका सीमा स्तम्भ उठेनन, राज्य बेखवर

विनोदकुमार परियार
          कविलवस्तु, भदौ १२ गते । कपिलवस्तुमा तीन वर्ष अघि ढलेका सीमा स्तम्भ अझै उठ्न सकेका छ्रैनन् । सीमा स्तम्भ निर्जिव वस्तु हुन्, आफै उठ्न सक्दैनन् । नेपाल र भारतको भौगोलिक सीमा छुट्टाउने गरी गाडिएका ति सीमा स्तम्भको रेखदेख गर्ने दायित्व राज्यको हो । तर राज्य बेखवर जस्तै छ ।
कविलवस्तु पश्चिमको सीमा छुट्टाउंदै बगेका दुई खोलमा ५ वटा सीमा पिल्लर ढलेका छन् । एउटाको टुप्पो भच्चिएको छ । २०७७ साल असार २८ गते खोलामा आएको बाढीले सीमा स्तम्भ ढालेको थियो । झण्डै चार वर्ष हुंदापनि सीमा स्तम्भ मर्मत सम्भार गरिएको छैन ।

कपिलवस्तुको विजयनगर गाउंपालिका ५ ठाकुरापुर र भारतको बलरामपुर जिल्ला प्रतापपुरको सीमामा रहेका पिलर नं. ५७८÷७ र ५७८÷१० सीमा पिल्लर ढलेका छन् । त्यस्तै गेडुवाजोत र प्रतापपुरको सीमा रहेको पिलर नं. ५७७÷७ र ५७७÷९ ढलेका छन् । सीमा पिल्लर रहेको पिलर नं. ५७८÷७ र र ५७८÷१० पानी बाहिर देखिएको छ । सीमा पिल्लरलाई बालुवाले पुरेको छ । पिलर नं. ५७७÷७ लाई पानीले डुबाएको छ । त्यस्तै विजयनगर गाउंपालिका १ चमरका जंगलमा २ वटा सीमा स्तम्भको क्षति भएको छ । ति दुवै सीमा स्तम्भको नम्बर देखिदैन । अर्रा खोलामा आएको बाढीले सीमा स्तम्भ पुरिदै गएका छन् । पानी वहाव र बाढीका कारण केही सीमा स्तम्भहरु सरेको विजयनगरका स्थानीयले बताएका छन् ।

सीमा स्तम्भहरु सरेपनि त्यसतर्फ कसैको ध्यान नगएको स्थानीयको भनाइ छ । समयमै सीमा स्तम्भहरु उचित ठाउंमा नराखे भोली सीमा विवाद हुन सक्ने विजय नगरका स्थानीय थर्कबहादुर खड्काले बताए । सीमा स्तम्भ रेखदेख गर्ने जिम्मा पाएको कपिलवस्तु सशस्त्र प्रहरीका प्रमुख उपरिक्षक जीवन केसीले मर्मत सम्बन्धी कार्यविधि आएको र बजेटसमेत विनियोजन भएकाले अव छिट्टै बन्ने बताए ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सीमा स्तम्भको रेखदेख गर्ने जिम्मेवारी सशस्त्र प्रहरीको भएको बताए ।
विजयनगर गाउंपालिकाका अध्यक्ष गोपालबहादुर थापाले सीमा रक्षाका लागि सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । स्थानीय निकायमा सीमा पिलर मर्मतका विषयमा कुरा उठिरहेको अध्यक्ष गोपालबहादुर थापाको भनाइ छ ।

नेपाल र भारतको सहमती अनुसार विजोर नम्बर भएको सीमा स्तम्भ नेपालले निर्माण गर्नुपर्ने हुन्छ भने जोर नम्बरको भारतले निर्माण गर्नुपर्ने हुन्छ । कपिलवस्तुमा मुख्य, सहायक र साना गरी ५ सय ३२ वटा सीमा स्तम्भ छन् । सन् २०१५ देखि दुई देशका अधिकारीहरूको संयुक्त टोलीले सीमा स्तम्भको खोजी कार्य सुरु गरेर भत्केका सीमा स्तम्भ मर्मत गर्ने र नया“ बनाउनुपर्ने स्थानमा दुई देशका अधिकारीहरू सम्मिलित टोलीले नक्सा हेरेर निर्माण गर्ने भनिको छ ।

नापी विभागका अनुसार देशभर नेपाल – भारत सीमा क्षेत्रमा ८,८५३ वटा स्तम्भ छन् ।