प्रतिगमनविरुद्द  समाजवादी मोर्चा – माधव नेपाल

बुटवल, भदौ १२ गते । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिगमनका विरुद्व कम्युनिष्ट पार्टीको उद्वेश्यका लागि समाजवादी मोर्चा बनेको बताएका छन् । परिवर्तन देख्न नचाहाने शक्ति सक्रिय भएको बताउंदै तयसकाविरुद्व समाजवादी मोर्चा खडा भएको बताए ।

समाजवादी मोर्चा नेपाल लुम्बिनी प्रदेशले मंगलबार बुटवलमा आयोजना गरेको सन्देश सभामा बोल्दै देशको हितमा सबै शक्ति एक जुट हुनुपर्छ भने । समाजवादी मोर्चाका अध्यक्षसमेत रहेका नेता नेपालले दलाल नोकरशाही पंूजीबाद पार्टी– पार्टी भित्र प्रवेश गरेको बताए । परिवर्तन चाहाने शक्ति एकजुट भएर समाजवादको खाका कोर्नुपर्ने उल्लेख गर्दै समाजवादको खाका कोर्नका लागि समाजवादी मोर्चा बनेको हो भने ।

उनले नेपालको भूमिका अरुलाई देख्न नसकिने उल्लेख गर्दै एमसीसी अंग बनाएर संसदबाट पास गरिएको बताउंदै एमसीसीमा केही त्रुटी रहेकाले सच्चाउनु पर्नेमा जोड दिए ।
नेपालमा कम्युनिष्ट पार्टीहरु लोकप्रीय रहेको बताउंदै देश बनाउने प्रतिवद्वताका साथ समाजवादी मोर्चा बनेको दावी गरे ।

प्रधानमन्त्री हुंदा शक्ति केन्द्रको धम्की धेरै आउने बताउंदै कुनैपनि शक्ति केन्द्रको धम्कीसंग नडराई निडरताका साथ जनताको हितमा काम गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन् ।