सरकारमा बस्न अनुचित काम गर्दिन – प्रधानमन्त्री

बुटवल, भदौ १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा बसिरहन अनुचित काम नगर्ने बताएका छन् । आफु प्रधानमन्त्री हुंदा एक महिना पनि टिक्दैनी की भन्ने थियो, राम्रो काम गरेकाले आजसम्म टिकेको छु भने ।
समाजवादी मोर्चा नेपाल लुम्बिनी प्रदेशले मंगलबार बुटवलमा आयोजना गरेको सन्देश सभामा बोल्दै राम्रो काम गरेको देखेर प्रतिपक्षलाई सही नसक्नु भएको बताए । उनले सरकारको नेतृत्व गरेर केही राम्रा काम गर्दा सरकारमा कतिदिन बस्न पाहिन्छ भन्ने थाहा नभएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले देश र जनताको हितमा राम्रो काम गर्दा सरकारबाट हटाइए जनताको साथमा सडकमा जाने चेतावनी दिएका छन् ।

सरकारले सुशानको पक्षमा र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले निर्ममता पूर्वक काम गरेको बताउंदै उनले भने – सुनकाण्ड, ललिता निवास काण्ड लगायत सबै प्रकारका काण्डहरुलाई निष्कर्षमा पुराउछु । परिवर्तन उल्टाउन खोज्नेहरुका विरुद्व समाजवादी मोर्चा बनेको बताउंदै परिवर्तनकारी शक्तिहरु समाजवादी मोर्चामा आवद्व भएको उल्लेख गर्दै यो मोर्चामा अन्य वामपन्थी शक्तिपनि समावेश हुने दावी गरे ।

पटक– पटक संविधान मिचेर संसद विघटन गर्नेहरु वामपन्थी हुन नसक्ने उल्लेख गर्दै अवसरवादी, प्रतिक्रियावादी दलाल पूंजीपतीले नेपालमा परिवर्तन नचाहोको बताए । उनले प्रतिक्रियावादी परिवर्तन उल्टाउन जातीय द्वन्द्व चक्राउन थालेको बताउंदै त्यसका विरुद्व परिवर्तनकारी शक्ति एक ठाउं हुनुपर्नेमा जोड दिए ।
यो गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रुपान्त्रण गरेर जनतालाई अधिकार सम्पन्न बनाउनु पर्ने बताउंदे उनले भने – यो गणतन्त्र श्रमिकको गणतन्त्र होकी पूंजीपतीको गणतन्त्र हो अझै छिनोफानो भएको छैन ।

नेपालको अर्थतन्त्र दवावमा रहेको उल्लेख गर्दै अर्थतन्त्रमा सुधार ल्याउन आफुले नेपाल राष्ट्र बैंक र अर्थ विज्ञहरुसंग निरन्तर छलफल गरेपछि अहिले नेपालको अर्थतन्त्र लयमा फर्किएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ छ ।