एमसीसीको बिरोधमा राष्ट्रिय जनमोर्चाद्दारा देशभर प्रर्दशन

बुटवल, भदौ १३ गते । राष्ट्रिय जनमोर्चाले एमसीसी परियोजनाको बिरोध गर्दै देशभर बिरोध प्रदर्शन र सभा गरेको छ । शुरुदेखि एमसीसीको बिरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले बुधबार देशका प्रमुख शहर र जिल्ला सदरमुकामहरुमा एमसीसीविरुद्व बिरोध प्रदर्शन गरेको हो । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार राष्ट्रिय जनमोर्चा रुपन्देहीले बुटवलमा एमसीसीको बिरोध गरेको छ ।

बुटवलमा आयोजित कोणसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलमले एमसीसी नेपाल र नेपालीको हितमा नभएको बताए । अमेरिकी साम्राज्यबादले विकासको नाममा नेपाली भूमि प्रयोग गरी चीनविरुद्व गतिविधि सञ्चालन गर्न ल्याएको एमसीसी नेपालको हितविपरित भएको दावी गरे ।
एमसीसी परियोजनाले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनतामाथि गम्भीर खतरा रहेकाले एमसीसी खारेजीका लागि देशभक्त नेपाली एकतावद्व हुन नेता आलमले सबैलाई आग्रह गरेका छन् ।
एमसीसीका कारण नेपालमा विदेशी हस्तक्षेप बढेको बताउंदै विकासको नाममा नेपाली जनतालाई भ्रममा पारेर लागु गर्न खोजिएको बताउंदे उनले भने – एमसीसीले विकास होइन विनास गर्छ, नेपाललाई डुबाउं छ ।

नेकपा मसाल रुपन्देहीका प्रवक्ता लालचन पन्तले एमसीसी अमेरिकाको सहयोग नभइ लगानी भएकाले खारेज गर्नुको विकल्प नभएको बताए ।
संसारका जुनसुकै देशले नेपाललाई आर्थिक सहयोग गरे सहज रुपमा ग्रहण गर्नुपर्ने र नेपालको हित विपरित कुनैपनि देशको लगानी ल्याउन नहुने उहांको तर्क छ ।

राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीले कोशी, गण्डकी सम्झौता, महाकाली सन्धि बहुसंख्यक नेपालीले बिरोध गर्दागर्दै पास गरिंदा अहिले धोक्का भएको बताउंदै एमसीसी पनि नेपालको लागि धोक्का हुने बताए । सर्तसहितको एमसीसी र संघीयता नेपालको हितमा नभएको उनको भनाइ छ ।

राष्ट्रिय जनमोर्चाका युवा नेता गोपाल बञ्जाडेले संसदबाट एमसीसी पास गराउने र लागु गराउन पहल गर्ने सांसद, मन्त्री र नेताहरुलार्ई सामामाजिक बहिष्कार गर्नुपर्ने चेतावनी दिए । हिजो संघीयता ल्याउंदा देशको लागि धोक्का भएको र एमसीसीले पनि धोक्का हुने बताउंदै हतारमा गल्ती गरेर फुर्सदमा पछुताउने काम नर्गन आग्रह गरेका छन् ।
एमसीसी लागुभए आउने दिनमा नेपाली जनताले अमेरिकी र चिनिया सेनाको बम बारुदको सामना गर्नुपर्ने बताउंदै एमसीसी र संघीयता खारेजीका लागि अब सडकबाट आन्दोलन गर्ने चेतावनी दिए ।

प्यूठानमा आयोजित एमसीसीको बिरोध कार्यक्रममा झिमरुक ३ का ८५ वर्षिय डण्डबहादुर खत्री सडकमा आएर बिरोध गरेका छन् । संघीयता र एमसीसी नेपालको लागि घातक भएको उनले बताएका छन् । संघीयता र एमसीसी खारेज नभएसम्म नेपालले कहिल्यै प्रगति गर्न नसक्ने ८५ वर्षिय डण्डबहादुर खत्रीको भनाइ छ ।