यो सरकार विकास गर्ने सरकार होइन – ओली

बुटवल, भदौ १६ गते । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेतृत्व सरकार विकास गर्ने सरकार नभएको बताएका छन् । सरकारले लाजमर्दो तमासा देखाएको बताउंदै यो सरकारबाट देशले निकास नपाउने दावी गरे ।

शनिबारदेखि बुटवलमा शुरु भएको एमाले लम्बिनी प्रदेशको प्रथम अधिवेशन उद्घाटन समारोमा बोल्दै सरकारले एउटा पनि राम्रो काम नगरेको आरोप लगाउंदै उनले भने – सरकारले भ्रष्टचारी र अनियमतिता गरेकालाई कारवाही गर्न सकेन । सुन काण्डदेखि ललिता निवास र अन्य काण्डहरुमा आफ्नै नेता परेपछि सरकारले कारवाही गर्न नसकेको बताए ।
अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई अब सरकार टिक्दैन भन्ने लागि सकेको भन्दै एमालेलाई सरकारमा गैहाल्नुपर्छ भन्ने छैन भने । एमालेको सरकार बने एक हप्तामा अहिलेको अवस्थामा रहेको राजश्वलाई डबल बनाउने दावी गरे । उनले मिशन २०८४ सफल पार्नुको एमालेको अहिलेको मुख्य काम भएको उल्लेख गर्दै मिशन २०८४ पुरा गर्न संगठन विस्तार गरी टोल टोलमा संगठन र घरघरमा सदस्यता वितरण गर्ने गरी लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

राष्ट्रिय स्वमाभिमानलाई झुक्न नदिने बताउंदै हाम्रा पुर्खाहरुले लडेर स्वतन्त्र राखेको राष्ट्रिय स्वाभिमानलाई एमालले कहिल्यै झुक्न दिदैन भने । उनले नेपालको भु–भाग अखण्ड रहेको उल्लेख गर्दै हाम्रो भु– भाग कसैलाई दिन नमिल्ने बताउंदै प्रधानमन्त्री प्रचण्ड अखण्ड भु– भाग बाड्न पनिपछि नपरेको आरोप लगाए ।
कर्मकाण्ड पुरा गर्नका लागि अधिवेशन आयोजना नगरिएको बताउंदै महान लक्ष्य पुरा गर्नका लागि लुम्बिनीमा अधिवेशन आयोजना गरिएको हो भने ।