एमाले लुम्बिनी प्रदेश अधिवेशनमा हरि रिजाललाइ हराउने खेल

बुटवल, भदौ १८ गते । शनिबारदेखि बुटवलमा जारी एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हरि रिजाललाई हराउने खेल शुरु भएको छ । पार्टी भित्रैबाट षडेयन्त्र पूर्वक हराउने खेल शुरु भएको एमालेका एक प्रतिनिधिले नयां दिशालाइ बताएका छन् । हरि रिजालको पक्षमा माहोल देखेपछि संगठित सदस्यतामा विवाद ल्याइएको उनले बताए ।

रिजाल प्यूठानको नौ बहिनी गाउँपालिका–६ बाट प्रतिनिधि भएर अध्यक्षमा उम्मेदवार बनेका हुन् । रिजालको संगठित सदस्यता लुम्बिनी प्रदेशमानै नरहेको बताउँदै निर्वाचन समितिमा उजुरी परेको छ ।

जारी अधिवेशनमा निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेलसँगै चुनाव लड्ने तयारी गरेका हरि रिजालले आफ्नो पार्टी सदस्य प्यूठानको नौबही गाउंपालिका ६ मा रहेको उक्त १७५१ सदस्य संख्याको नम्कर रहेको सदस्य प्रक्रिया पुराएर प्रदेशमा पठाउको बताए ।

अहिले मेरो पक्षमा १२ वटै जिल्लामा माहाहोल देखिएपछि केही साथिहरुले भित्रैबाट जालझेल गरेर मेराविरुद्व लागेको हरि रिजालले बताए ।
मेराविरुद्व अनावश्यक झ्याली पिटेर पार्टीको आन्तरिक जीवनलाई विथोल्ने प्रयास भएको उनले बताए । प्रक्रिया पुराएर लुम्बिनी पार्टी कार्यालयमा पठाएको सदस्य व्यवस्थित गरेर राख्ने जिम्मेवारी लुम्बिनी प्रदेशको हो मेरो होइन उनले भने । मेरो सदस्यमा कुनै विवाद छैन । यो पार्टी भित्र सबैलाई थाह भएकै कुरा हो, हरि रिजालले भने ।
काठमाडौंमा संगठित सदस्यता सारेको हुँदा उनको प्रतिनिधित्व अवैध भएको र उम्मेदवारी स्वतः खारेज हुनुपर्ने उजुरीमा उल्लेख गरिएको छ ।

 

रिजालको सङ्गठित सदस्य सङ्ख्या १७५१ नम्बर लुम्बिनी प्रदेशमा नरहेको एमाले प्रदेश कार्यालयको दावी छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी १००४ प्रतिनिधिहरु सहभागी छन् ।