सुन तस्करीको आरोपमा रुपन्देहीका सुमन खरेल पक्राउ

बुटवल, भदौ १८ गते । ६० किलो सुन तस्करी प्रकरणमा रुपन्देहीका सुमन खरेल पक्राउ परेका छन् । सुन तस्करीको आरोपमा खरेललाइ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले पक्राउ गरेको प्रहरीले बताएको छ ।

सीआईबी स्रोतका अनुसार उनलाई नेपाल–भारत सीमाबाट पक्राउ गरेर काठमाडौं लगिदै छ । खरेलसंगै ६० किलो सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । हङकङबाट भएको सुन तस्करीमा संलग्नमध्ये १७ जनालाई राजश्व अनुसन्धान विभागले पक्राउ गरेर सीआईबीलाई साउन २१ गते बुझाएको थियो ।

अनुसन्धानका लागि सीआईबीले एसएसपी दिनेश आचार्यलाई हङकङ र डीएसपी धर्म भण्डारीलाई भारत पठाएको छ ।