पाल्पाको भगवती जात्रामा जानेलाइ बुटवलबाट ५० प्रतिशत भाडा छुट

बुटवल, भदौ २० गते । गते बुधबारका दिन बुटवलदेखि तानसेन जाने र आउने बसमा ५० प्रतिशत बसभाडा छुटहुने भएको छ । पश्चिम नेपाल बस ब्यबसायी प्रालिको बैठकले नेपाल अंग्रेज युद्धमा विजयी हासिल गरेको सम्झनामा तानसेनमा प्रदर्शन गरिने भगवती जात्राका अवसरमा ५० प्रतिशत भाडा छुटदिने निर्णय गरेको हो ।
पश्चिम नेपाल बस ब्यबसायी प्रालिबाट संचालित यात्रुबहाक बसमा बसपार्कस्थित काउन्टर र अन्य बुकिङ काउन्टरबाट टिकट काटेमा मात्र छुटको सुविधा लिन सकने अध्यक्ष दधिराम खरेलले बताएका छन् । प्रालिका अनुसार बुटवलदेखि सिधा तानसेन र तानसेनदेखि सिधा बुटवल आउने जाने दुबैतर्फबाट यात्रुका लागि सो सुबिधा प्राप्त हुने प्रालिद्वारा प्रकासित सुचनामा उल्लेख छ ।

सन.१८७१ देखि १८७३ सम्म बुटवलको जीतगढीमा भएको नेपाल अंग्रेज युद्धमा नेपाली सेनाले बहादुरी र चतुराईंपुर्वक प्रतिकार गर्दै ब्रिटिश सेनामाथि बिजय हासिल गरेको थियो । सो युद्ध र बिजय हासिल गरेको दिनको सम्झनामा तानसेनमा प्रदर्शन गरिने रणउजेश्वरी भगवती रथयात्राको सम्मान स्वरुप बसभाडामा ५० प्रतिशत छुट दिइएको पश्चिम नेपाल बस ब्यबसायी प्रालिले बताएको छ ।

प्रालिका प्रबन्ध संचालक रामचन्द्र भुसालद्वारा प्रकासित सूचनाका अनुसार बुटवलबाट पाल्पाको तानसेन जाने र तानसेनबाट बुटवल आउने यात्रुले बसपार्कस्थित टिकट काउन्टरबाट टिकट काटेमा ५० प्रतिशत छुट दिने निर्णय हो । बसपार्कस्थित काउन्टरबाट टिकट नकाट्ने यात्रुले भने ५० प्रतिशत छुट पाउने छैनन् ।