अमेरिकी सेना काठमाण्डौमा

काठमाडा, भदौ २१ गते । अमेरिकी सेनाको एक टोली काठमाडौं आइपुगेको छ । अमेरिकी वायु सेवा निगमको विशेष जहाजबाट उनीहरू बिहीबार काठमाडौं आइपुगेका हुन्। अमेरिकी सैनिक अधिकारी लिम कमन्टरको नेतृत्वमा १२ जना अमेरिकी सैनिक बन्दोबस्तीका सामग्रीसहित आएका छन्।

नेपाली सेना र अमेरिकी सेनाबीच यही भदौ २४ गतेदेखि असोज १२ गतेसम्म काठमाडौंमा संयुक्त सैन्य अभ्यास हुँदैछ। संयुक्त सैन्य अभ्यास विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा केन्द्रित हुने नेपाली सेनाले जनाएको छ। सैन्य अभ्यासमा नेपालीका सेनाका तर्फबाट ३० जना र अमेरिकी सेनाको तर्फबाट १२ जना सहभागी हुनेछन्।

नेपाली सेनाले बेलायत, भारत, चीन, श्रीलंका, मंगोलिया, बंगलादेश, इजरायललगायत सैनिकहरूसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ। चिनियाँ जनमुक्ति सेनासँगको सैन्य अभ्यास भने अहिले हुन सकेको छैन। कोरोना भाइरसका कारण रोकिएको नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यासको तयारी भैरहे पनि दुवै पक्षले मिति तय नगरेको बताइएको छ ।