एमसीसी खारेज गर्न देशभक्त नेपालीलाई एकतावद्द हुन आग्रह

नेपालको हितमा छैन

बुटवल, भदौ २२ गते । अमेरिकन एमसीसी परियोजना खारेज गनुपर्र्ने राजनीतिक दलका नेताहरुले बताएका छन् । नेपाल र नेपालीको हितमा नभएको एमसीसी परियोजना खारेज गर्नुको विकल्प नभएको उनीहरुको भनाइ छ ।


नेपाल कम्युनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा मसाल, बैज्ञानिक समाजवादी पार्टीले शनिबार बुटवलमा आयोजना गरेको एमसीसी परियोजना र राष्ट्रिय स्वाधिनता विषयक अन्तरक्रियामा बोल्ने विभिन्न दलका नेताहरुले एमसीसी परियोजना राष्ट्रघाती भएको भन्दै खारेज गर्न माग गरेका हुन् । विकासको नाममा एमसीसी परियोजना लागुगर्न नहुने बताउंदै एमसीसी परियोजना शैन्य रणनीति भएको दलका नेताहरुको दावी छ ।

सोही कार्यक्रममा अवधारण पत्र प्रस्तुत गर्दै नेकपाका स्थायी समिति सदस्य अनिल शर्माले एमसीसी परियोजना शैन्य रणनीति भएको उल्लेख गर्दै आर्थिक परियोजनाको रुपमा नेपालमा अमेरिकाले भित्राएको बताए ।

महाकली सन्धिमा छलकपट गरेका केपी ओली र शेरबहादुर देउवा एमसीसी परियोजनाको सारथी भएको दावी गरे ।
उनले बाबुराम प्रधानमन्त्री र अर्थमन्त्री वर्षमान पुन रहेको सरकारले एमसीसी परियोजना नीतिगत स्वीकृति गरेको बताउंदै एमसीसी परियोजना प्रचण्डको सहमतिमा निर्णय भएको हो भने ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता तथा केन्द्रिय पार्टी कार्यालय सदस्य धर्मेन्द्र बास्तोलाले एमसीसी परियोजना खोरजका लागि देशभक्त नेपाली जनता एकजुट हुनुपर्ने बताए । नेपालको स्वाधिनतालाइ बचाउन एमसीसी खोरेज गर्नुको विकल्प नभएको बताउंदै उनले भने – एमसीसी अमेरिकाको शैन्य रणनीति हो कोही भ्रममा पर्न प्रदैन ।

नेपालको भूमि प्रयोग गरेर चीनलाई नियन्त्रण गर्ने गरी अमेरिकाले विकासको प्रलोभन देखाएर नेपालमा एमसीसी परियोजना भित्राएको बताउंदै अमेरिकाले नेपालको प्राकृतिक श्रोत साधनमाथि आंखा लगाएको बताए ।

कार्यक्रममा एकीकृत समाजवादीका बाबुलाल यादव, नेकपा मसालका दीपक पौडेल, नेपाल समाजवादी पार्टी लुम्बिनी प्रदेश उपाध्यक्ष नारायण नागिला, नागरिक समाजका अगुवा पदम कार्की, लेखक विनबहादुर कुवंर, विनोद उपाध्याय, मेघराज ज्ञवाली, शशी विक लगायतले बोल्दै एमसीसी खोरजीका लागि एकतावद्व हुन सबै देशवासीलाई आग्रह गरेका छन् ।