जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालन

स्वर्गीय खेम पुनको शालिक अनावरण

बुटवल, भदौ २४ गते । रुपन्देहीको तिलोत्तमा ४ मा रहेको जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आएको छ । प्रतिनिधी सभाकी उपसभामुख ईन्दीरा राना मगरले शनिवार जेष्ठ नागरिक मिलन केन्द्रको शुभारम्भ गरेकी हुन् ।

मिलन केन्द्रको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनको शुभ अवसरमा ३० जना जेष्ठ नागरिकलाई स्वास्थ्य शिविरमा स्वागत गरी जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा ल्याइएको केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले बताए ।


७० वर्ष उमेर पुगेका तिलोत्तमा र बुटवल नगरपालिका भित्रका जेष्ठ नागरिकलाई मात्र मिलन केन्द्रमा राख्ने व्यवस्था मिलाईएको छ । केन्द्र सञ्चालनका लागि ५ करोडको अक्ष्यकोष बनाउने लक्ष्य भएपनि अहिलेसम्म अक्ष्यकोषमा जम्मा १२ लाख ५० हजार संकलन भएको छ ।
केन्द्र सञ्चालनका लागि मासिक ४ लाख खर्च लाग्ने अनुमान गरिएको छ । सोही अवसरमा मिलन केन्द्रले जेष्ठ नागरिकलाई लक्षीत गरी निःशुल्क स्वास्थ्य शिविरमा ५ सय बढीले सेवा लिएका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य चिन्तामणी पाण्डेले जेष्ठ नागरिकका लागि सेवा सुविधासहित संरक्षण गर्ने कामको प्रशंसा गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग पुराउने बताए ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले जेष्ठ नागरिकलाई संरक्षणका लागि सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् ।

कार्यक्रममा गुल्मेली सम्पर्क समाजका अध्यक्ष डा. नारायण पन्थ, संस्थापक अध्यक्ष हिराबहादुर भलामी जेष्ठ नागरिक मिलन केन्द्रकी उपाध्यक्ष ओमी पुन लगायतले समाजले निमार्ण गरेको श्रृगेश्वर धाम परिसरमा संचालन गरिएका परियोजनाको वारेमा प्रकाश पार्नु भएको थियो ।
सोही समारोहमा जेष्ठ नागरिक मिलन केन्द्रका योजनाकार स्वर्गीय खेम पुनको शालिक अनावरणसमेत गरिएको छ ।