राज्यले व्यवसायिका समस्या बुझेन – मदिरा व्यवसायी
मदिरा व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा हिमालय भुसाल


बुटवल, भदौ २४ गते । राज्यलाई कर तिर्दै आएका उद्योगी व्यवसायीको संरक्षण गर्ने दायित्व राज्यले लिनुपर्ने रुपन्देहीका व्यवसायीले बताएका छन् । राज्यलाई कर बुझाउंदै आएका साना ठूला सबै व्यवसायी अहिले आर्थिक रुपले चपेकोमा परेको बेला राज्यले साथ नदिएको उनीहरुको गुनासो छ ।

राज्यको गैरजिम्मेवारका कारण अहिले देशभरका सबै क्षेत्रका व्यवसायी निरास भएर पेशाबाट पलायन हुन थालेको गुनासो गरे । मदिरा ब्यवसायी संघ रुपन्देहीको रुपन्देहीको तिलोत्तमामा आयोजीत १५ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनमा बोल्ने बक्ताले राज्यलाई नियम अनुसार कर तिरेपनि मदिरा ब्यवसायी समस्यामा पर्दा राज्य बेखबर बनेको भन्दै उनीहरुले राज्यको आलोचना गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै नेपाल मदिरा ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले राज्यलाई सबैभन्दा बढी राजश्वमा योगदान गर्ने मदीरा ब्यवसायी अहिले राज्यबाट प्रताडित भएको बताए । राज्यले नै मदिरा ब्यवसायीमाथि आतंक सृजना गर्दा ब्यवसायी निरुत्साहित भएर व्यवसायबाट पलायन भएको बताए । राज्यले ब्यवसायीका समस्या सम्बोधन गर्न नसकेको बताउंदै उनले भने – मदिरा ब्यवसायीको समस्या उजागर गर्न महासंघले नै मिडिया संचालनको लागि तयारी गरेको छ ।

महासंघका निःवर्तमान अध्यक्ष कृष्णप्रसाद नेपालले राज्यले मदिरा सम्बन्धि नीति बनाउँदा ब्यवसायीसंग सल्लाहा लिनुपर्ने बताउंदै मदिरा ब्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन राज्यलाई आग्रह गरे ।
मदिरा ब्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शम्भुप्रसाद भट्टराईले पसल अनुसार मदिराको मुल्य फरक–फरक हुँदा ब्यवसायी नै समस्यामा परेको बताउँदै मदिरा ब्यवसायीले मुल्यमा एकरुपता ल्याउनु पर्नेमा जोड दिए ।
बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठले आर्थिक मन्दिका कारण प्रत्यक्ष रुपमा ब्यवसायमा असर परेको अवस्थामा ब्यवसायी बिचमा हुने अस्वस्थ प्रतिस्प्रर्धाले बजार झनै विर्गिदै गएको बताए ।
गण्डकी प्रदेशका अध्यक्ष गोबिन्द केसीले देशभर ४० हजार मदिरा ब्यवसायी राज्यको नियम अनुसार दर्ता भएर संचालन भएपनि घरेलु मदिरा र अबैध मदिरा विक्रि वितरण हुँदा असली मदिरा व्यवसायीले समस्या भोग्नु परेको बताए ।
मदिरा ब्यवसायी संघ रुपन्देही अध्यक्ष कृष्ण गौतमले वार्षिक प्रतिवदेन प्रस्तुत गर्दै संघले ब्यवसायीको हितमा सामाजिक क्षेत्रमा काम गर्दै आएको बताउंदै एम्बुलेन्स सेवा प्रभावकारी रुपमा संचालन भएको बताए ।
अधिबेशनले मदिरा व्यवसायी संघ रुपन्देही अध्यक्षमा हिमालय भुसालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । संघको उपाध्यक्ष बाबुराम ज्ञवाली, उपाध्यक्ष, हिरा बहादुर केसी, महासचिव वावुलाल खनाल, सचिब जीवन पान्डे र कोषाध्यक्षमा धनबहादुर थापा निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा गिरिराज भुसाल, बिमल पान्डे, माया पौडेल, बिपिन तिमिल्सिना, राजकुमार भट्टराई, काशिराम तिवारी, श्याम श्रेष्ठ, सन्जय खनाल, अमृत घिमिरे रहेका छन् ।